२०८२, २४ पुस बिहीबार

गुम्बा विकास समितिको कार्यकारी निर्देशकमा होम दोङ

गुम्बा विकास समितिको कार्यकारी निर्देशकमा होम दोङ


धुलिखेल ६ असार बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा विकास समितिको कार्यकारी निर्देशकमा होमबहादुर दोङ नियुक्त भएको छ । दोङलाई मन्त्रिपरिषदको बैठकले बुधबार नियुक्त गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार अन्र्तगत विभागीय समितिहरुको खाली रहेको पदपूर्ति गरिदै लैजानुपर्ने उद्घोष गरेसँगै समितिको खाली रहेको पदमा उनलाई नियुक्ति गरेका हुन् ।

दुप्चेश्वर गाउँपालिका–५ नुवाकोट साविक बालकुमारी–२ का होमबहादुर दोङ स्वर्गीय बुबा मानबहादुर तामाङ र आमा धनलक्ष्मी तामाङका सुपुत्र हुन् । उनी एक कानूनी व्यवसायी हुन् ।

नेपाल बास्केटबल संघ २०६५ मा केन्द्रीय सदस्य, २०७० मा सचिव र ०७१र०७२मा महासचिव भएका हुन् । हाल संघको उपाध्यय छन् । यसैगरी २०७६ देखि हालसम्म नेपाल ओलम्पिक कमिटीका सदस्य रहेका छन् । दोङ २०५७ मा नेपाल ल क्याम्पसका स्ववियु सभापति भएका थिए ।

समितिको सदस्य सचिवमा नरेन्द्रकुमार गुरुङले तीन पटक कार्यभार सम्हालेका छन् भने ङिमातेण्डुप शेर्पाले दुई पटक कार्यभार सम्हालेका छन्

प्रकाशित मिति : २०७७, ६ असार शनिबार  ११ : २७ बजे

प्रचण्डको सर्वसत्तावाद र विर्सजनवादको विरुद्ध कडा पत्र लेख्दै रहबरले पार्टी छाडे

काठमाडौं । माओवादीबाट प्रदेश सांसद जितेका रहबर अन्सारीले बिहीबार पार्टी

एमाले सचिव बस्नेतद्वारा सरकारको विश्वसनीयता र निष्पक्षतामा प्रश्न

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारको वर्तमान कार्यशैलीले

नेपाल-कोरिया सम्बन्ध सुदृढ : राजदूत डा. शिवमाया तुम्बाहाम्फेको एक वर्षको सक्रिय कूटनीति

काठमाडौँ । नेपाली राजदूत डा. शिवमाया तुम्बाहाम्फेले दक्षिण कोरियामा आफ्नो

कांग्रेस विशेष महाधिवेशन विवाद : संस्थापन पक्ष युवा र जिल्ला सभापतिसँग बेग्लै भेला

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विवादले चरम टकरावको रुप

कांग्रेस विशेष महाधिवेशन विवाद : आयोगमा पत्र, पक्षधर र विपक्षी टकराव चर्कियो

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको मुद्दा पछिल्लो समय विवादित