धुलिखेल, ५ असारः मण्डनदेउपुर नगरपालिकाले क्वारेन्टाइन बेड संख्या थपेको छ । वडा नं ७ मा रहेको कालिदेवि प्राथमिक विद्यालयमा ४८ बेडको क्वारेन्टाइन थप गरिएको छ । पालिकाको महादेव प्रावि र इन्द्रावती सामुदायिक केन्द्रमा गरी यस अघि २५ वेडको क्वारेन्टाइन थियो ।
त्यस्तै २७ वेडको क्वारेन्टाइन डेडीथुम्का माध्यामिक विद्यालयमा तयार गरिएको नगरपालिकाले जनाएको छ । यो सँगै नगरपालिकामा क्वारेन्टाइन बेडको संख्या एक सय पुगेको छ ।
मण्डनदेउपुरको क्वारेन्टाइनमा ४० जना रहेको पालिकाका कोभिड १९ संयोजक दिपक कुमार घिमिरेले जानकारी दिए । क्वारेन्टाइन बस्ने अधिकांश भारतबाट आएका छन् ।
जिल्लाका विभिन्न क्वारेन्टाइनमा आज ८७ जना ब्यक्ति बसिरहेका छन् । जिल्ला भर ८ सय ७ वटा क्वारेन्टाइन तयारी अवस्थामा रहेको जिल्ला कमाण्ड पोष्टले जानकारी दिएको छ ।








प्रतिक्रिया