२०८२, ११ फाल्गुन सोमबार

काभ्रे जिल्लाका क्वारेन्टाइन लैङ्गिक तथा घरेलु हिंसा मुक्त बनाइने

काभ्रे जिल्लाका क्वारेन्टाइन लैङ्गिक तथा घरेलु हिंसा मुक्त बनाइने


धुलिखेल, ४ जेठः काभ्रेमा रहेको सबै क्वारेन्टाइनलाई थप ब्यवस्थित गरिने भएको छ । जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रले जिल्लाका क्वारेन्टाइनहरुमा महिला, गर्भवती र सुत्केरी महिलाहरु माथि लैङ्गिक तथा घरेलु हिंसा हुन नदिने आवश्यक पर्ने सेवा सुविधाको ब्यवस्था गर्ने निर्णय गरेको हो ।

त्यस्तै स्वास्थ्य सामग्रीको समेत प्राथमिकका साथ उपलब्धता गराउने निर्णय गरेको छ । जिल्लामा विभिन्न क्वारेन्टाइनमा आज ८६ जना बसिरहेका छन् । जिल्लामा ५७ जना पुरुष र २९ जना महिला क्वारेन्टाइनमा बसिरहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

जिल्लामा हालसम्म २२ सय १८ जनाको आरडिटी विधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको छ । त्यस्तै ११ सय १२ जनाको स्वाब संकलन गरी पीसीआर विधि मार्फत कोरोना परीक्षण गरिएको छ ।

काभ्रेमा हालसम्म ५ जनामा मात्रै कोरोना पुष्टि भएको छ । जिल्लामा क्वारेन्टाइन बेडको संख्या ८ सय ३ पुगेको छ । रोशी गाउँपालिकाले १ सय १० बेड पुर्याएको छ । त्यस्तै २५ वेड रहेको मण्डनदेउपुरमा १ सय बेड पुगेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ । आइसोलेसन बेड भने १३ वटा मात्रै रहेको छ ।

धुलिखेलमा ६५, बनेपामा ५०, पनौतीमा ६०, महाभारतमा ४६ र चौरीदेउरालीमा ३० वेडको क्वारेन्टाइन तयारी अवस्थामा राखिएको छ । त्यस्तै भूम्लुमा ३०, बेथानचोकमा ३५, तेमालमा १ सय ५ र खानी खोला गाउँपालिकामा २४ बेडको क्वारेन्टाइन रहेको छ ।

त्यस्तै नमोबुद्धमा ६५, पाँचखालमा ४० र धुलिखेल अस्पतालले आफ्ना कर्मचारीको प्रयोगजनका लागि बनाएको ५२ बेड गरी ८ सय ३ वेडको क्वारेटाइन जिल्लामा रहेको छ ।

प्रकाशित मिति : २०७७, ४ असार बिहीबार  ६ : १८ बजे

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार