२०८३, १५ श्रावण शनिबार

धुलिखेल नगरपालिको बोल्ड निर्णयः बृद्धबृद्धाको कोरोना बिमा, ब्यवसाय कर मिनाहा

धुलिखेल नगरपालिको बोल्ड निर्णयः बृद्धबृद्धाको कोरोना बिमा, ब्यवसाय कर मिनाहा



धुलिखेल, ३ असारः काभ्रेको धुलिखेल नगरपालिकाले लकडाउन अवधिभरको ब्यवसाय कर नलिने निर्णय गरेको छ । मंगलबार बसेको नगरपालिकाको ३५ औं कार्यपालिका बैठकले ब्यवसाय कर मिनाहा गर्ने निर्णय गरेको नगरप्रमुख अशोक ब्याञ्जुले जानकारी दिए ।

यसबाट धुलिखेल नगरपालिकाभित्रका पर्यटन उद्योग, होटल, ब्यापार र ब्यवसायीहरुले प्रत्यक्ष लाभ लिन पाउनेछन् । नगरपालिकाले होटलको रुम संख्याको आधारमा बार्षिक कर उठाउँदै आएको थियो । ‘ब्यवसायीले बर्षभरि तिर्ने करको लकडाउन अवधिभर पार्न आउने रकम मिनाहा गर्ने निर्णय भएको छ, नगरप्रमुख ब्याञ्जुले भने ‘ब्यवसायीहरुले यसबाट राहतको पुग्ने छ ।’

कार्यपालिका बैठकले कर तिर्न बाँकी रहेका ब्यवसायीहरुलाई चालु आर्थिक वर्षको असार मसान्तभित्र कर तिरे जरिवाना शुल्कमा सतप्रतिशत छुट दिने निर्णय गरेको छ । पालिकाभित्र १० देखि १५ वर्षसम्म पनि कर नतिर्ने ब्यवसायी छन् । ‘नगरपालिकाले लक्ष्य लिएको राजस्व पनि उठन् हामीले अनुमान गरेका छौँ, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेलले भने ‘जति वर्ष कर नतिरि बस्यो जरिवाना थपिदैँ गइरहेको हुन्छ, त्यसैले कर तिर्न चाहानेका लागि सतप्रतिशत छुट दिने निर्णय गरेका हौँ ।’

नगर कार्यपालिका बैठकले अर्को महत्वपूर्ण निर्णय पनि गरेको छ । बैठकले ७० वर्ष उमेर समूहका सबै बृद्धबृद्धा र ६० वर्ष माथिको दलित समुदायका बृद्धबृद्धाको निर्जीवन बिमा गर्ने निर्णय गरेको हो । ५० हजारको एक बर्षे निर्जीवन कोरोना बिमा गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत लुइटेलले जानकारी दिए । नगरपालिकाभित्र करिब १७ सयको हाराहारिमा बृद्धबृद्धा रहेका छन् । नगरपालिकाले यसअघि सरसफाईमा खटिने सबै कर्मचारीको निर्जीवन कोरोना बिमा गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत लुइटेलका अनुसार निर्जीवन बिमा गरेका जो कोहिमा पनि कोरोना संक्रमण हुने बित्तिकै बिमा बापतको रकम पाउने छन् ।

प्रकाशित मिति : २०७७, ३ असार बुधबार  ८ : २६ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने