२०८३, ११ बैशाख शनिबार

चौरीदेउरालीको एम्बुलेन्सले रक्सी बोकेको गुनासो

चौरीदेउरालीको एम्बुलेन्सले रक्सी बोकेको गुनासो


धुलिखेल, ३२ जेठः काभ्रेको दुर्गम क्षेत्रमा पर्ने चौरीदेउराली गाउँपालिकाको एम्बुलेन्सले रक्सी बोक्ने गरेको स्थानीयले गुनासो गरेका छन् । स्थानीयले बा.२३ च २१४७ नम्बरको एम्बुलेन्सले रक्सी बोकेको भन्दै गुनासो गरेपछि नेपाल रेडक्रस सोसाइटीले चालकसँग स्पष्टिकरण मागेको छ ।

चार दिनअघि एम्बुलेन्स चालक गणेश चौलागाईले स्पष्टिकरण मागिएको नेपाल रेडक्रस सोसाइटीका अस्पताल पूर्वसेवा प्रमूख भोजराज ओझाले पुष्टि गरे । एकहप्ता भित्र लिखित स्पष्टकरण बुझाउन भनिएको ओझाले बताए । केही महिनाअघि मात्र क्यानेडियन रेडक्रसको अनुदानमा नेपाल रेडक्रस ग्रामीण आपतकालीन तथा ट्रमा प्रणाली सुदृढीकरण परियोजनाअन्तर्गत चौरीदेउराली गाउँपालिकालाई एम्बुलेन्स दिइएको थियो ।

एम्बुलेन्सले नक्कली बिरामी बनाएर यात्रु पनि बोक्ने गरेको स्थानीयले गुनासो गरेका छन् । केहिदिन अघि नक्कली बिरामी बोकेकै कारण साँगा प्रहरीले नियन्त्रणमा लिएको ओझाले बताए । ‘मदिरा बोकेको हामीले देखेका होइनौँ, ओझाले भने ‘स्थानीयबाट ब्यापक गुनासो आएपछि हामीले हाम्रो दायित्व त पुरा गर्न नै पर्यो, एक साताको म्याद दिएर लिखित स्पष्टिकरण मागेका छौँ ।’

तर गाउँपालिकाका स्वास्थ्य संयोजक तेज बहादुर घिसिङले भने एम्बुलेन्सले मदिरा बोकेको कुरा निराधार हल्ला मात्रै भएको बताए । ‘यसमा कुनै पनि सत्यता छैन, घिसिङले भने ‘जतिखेत भन्यो त्यत्ति खेर खटिरहनुभएको छ, एम्बुलेन्सले कस्का लागि मदिरा बोक्ने ?’

स्वास्थ्य संयोजक घिसिङ अन्य यात्रुलाई समेत एम्बुलेन्सले ओसार पसार नगरेको दाबी गरे । ‘औषधि लिन भनेर धुसेनी शिवालय अस्पतालका कर्मचारी जानु भएको हो, लकडाउनका बेला अन्य बेलाको जस्तो सहज छैन, त्यसैले एम्बुलेन्समा जानु भएको हो, अर्का कुरा एम्बुलेन्समा समस्या आएपछि बनाउने जाने बेला बाटोमा अठ्यारो आइलागि हाल्यो भने साथी चाहिन्छ भनेर गाउँकै एक जना दाई जानु भएको थियो, यसैलाई बढाइ चढाइ गरियो ।’ स्वास्थ्य संयोजक घिसिङले एम्बुन्सेन चालकमा चौलागाईलाई नियुक्ति गरेदेखिनै विभिन्न बहानामा निउ खोज्ने गरेको बताए ।

ब्रेक फेल भएपछि अहिले उक्त एम्बुन्सेललाई मर्मतका लागि जनागालको ग्यारेजमा राखिएको छ । अझै मर्मत भइसकेको छैन ।

प्रकाशित मिति : २०७७, ३२ जेष्ठ आईतबार  ४ : १६ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले