२०८२, ११ फाल्गुन सोमबार

तेमालका बृद्धबृद्धालाई छाता र लठ्ठी

तेमालका बृद्धबृद्धालाई छाता र लठ्ठी


धुलिखेल, ३० जेठः तेमाल गाउँपालिकाका बृद्धबृद्धालाई छाता र लठ्ठी वितरण गरिएको छ । आज पोखरी नारायणस्थान स्वास्थ्य चौकीमा स्वास्थ्य कार्यालय काभ्रेले छाता, लठ्ठी र रुमाल वितरण गरेको हो । ६५ जना बृद्धबृद्धालाई छाता, लठ्ठी र रुमाल वितरण गरिएको स्वास्थ्य कार्यालय काभ्रे प्रमूख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए ।

सामग्री वितरणका लागि प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिना, प्रहरी प्रमुख एसपी रविराज पौडेल, राष्ट्रिय अनुसन्धान डिएसपी सरोज निरौला लगायत तेमाल पुग्नुभएको थियो । भौतिक दूरी कायम गरेर सामग्री वितरण गरिएको प्रमूख डाक्टर झाले बताए ।

जिल्लाबाट पुगेको टोलीले चपाखोरी र पोखरी नारायणस्थानमा रहेको क्वारेन्टाइन समेत अनुगमन गरेको छ । तेमाल गाउँपालिकाले प्रत्येक वडामा १०/१० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । पालिकामा ९ वटा वडा रहेको छ । पालिका स्थतरिय र वडाका सहित गर्दा तेमाललमा १०५ बेडको क्वारेन्टाइन तयारी अवस्था रहेको पालिका प्रमूख सलाम सिं तामाङले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, ३० जेष्ठ शुक्रबार  ३ : ४२ बजे

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार