२०८३, १५ आश्विन शुक्रबार

मल्लकालीन मन्दिरलाई दुईतले घर दान

मल्लकालीन मन्दिरलाई दुईतले घर दान


पोखरा, २ भदौ ः  पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिरलाई बलबहादुर थापाले घर दान गर्नुभएको छ । भारतीय सेनामा कार्यरत धारपानी निवासी थापाले मन्दिर जाने मुख्य चोक मनियलडाँडास्थित दुईतले कच्ची घर मन्दिरलाई दिनुभएको हो ।

उक्त मन्दिर संरक्षण समितिका सचिव कमलप्रसाद पौडेलका अनुसार मन्दिर जाने मुख्य चोक साँघुरो भएका कारण सवारी साधन आवतजावत गर्न कठिनाइ भएकाले दानस्वरुप प्राप्त भएको उक्त घरलाई भत्काएर समितिले बाटो विस्तार गर्ने भएको छ ।

घरमा प्रयोग गरिएका सामग्री मन्दिर निर्माणमा उपयोग गरिने र ती सामग्रीको रु ५० हजार मूल्याङ्कन गरिएको जानकारी दिँदै उहाँले थापा दम्पतिलाई समितिले आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको बताउनुभयो ।

बरकोटका काला जटाभैरवका रूपमा परापूर्वकालदेखि पूजाआजा गरिँदै आएको कोटभैरव मन्दिर कास्की दक्षिण भेगको भरतपोखरी र आसपासको महत्वपूर्ण तीर्थस्थल हो । प्रत्येक वर्षको आश्विन शुक्ल पक्ष (दुर्गा पक्ष) मा विशेष पूजा हुने यस मन्दिरमा चैते दशैका साथै विभिन्न समयमा भाकलसहित पञ्चवली गरिन्छ भने प्रत्येक वर्षको साउने सङ्क्रान्तिमा सामूहिक लुतो फाल्ने गरिन्छ ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  ९ : १० बजे

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र

१६६ वटा विधेयक संसदमा दर्ता गर्ने सरकारको लक्ष्य : कानुनमन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले चालु

अमेरिकी सैन्य फिर्तीको इराक आयाम

अमेरिकाले सन् २००३ मा सद्दाम हुसेनको शासनसत्ता अन्त्य गर्ने र