२०८३, २९ असार मंगलबार

गाउँले धराप जिन्दगी: गरिबी र नियतिले ठगिएकी पार्वतीलाई पुनर्निर्माण प्राधिकरणले पनि ठग्यो

गाउँले धराप जिन्दगी: गरिबी र नियतिले ठगिएकी पार्वतीलाई पुनर्निर्माण प्राधिकरणले पनि ठग्यो


दोलखा, भदौ २ : खरले छाएको सानो एकतले झुपडी। घरभित्र एउटा कोठा छ। कोठाभित्र भिजेका पुराना सिरक डस्ना र केही सामान असरल्ल छन्। झुपडीको दायाँतिर धुरीतर्फको गारोे लडेको छ । घरको सबै भाग चर्किएको छ, कुनै पाटो सग्लो छैन। पार्वतीले छोराछोरीसहित यही धराप घरमा तीन वर्ष गुजारिन् । पतिको अंशमा आएको यही एउटा झुपडी र केही पाखो बारी छ । पति काठमाडौंमा भारी बोक्थे । आफूले सामान्य खेतीकिसानी र ज्यालामजदुरी गरेर चाजना सन्तान हुर्काउँदै थिइन् उनी। जेनतेन गुजारा चलिरहेको थियो। यत्तिकैमा २०७२ वैशाखको भुइँचालोले उनीहरुको सानो संसार नराम्ररी हल्लाइलियो। केही समय पाखोमा त्रिपालमुनि बसे उनीहरू। छिमेकी सबैले अस्थायी कटेरो बनाए तर उनले त्यो पनि बनाउन सकिनन्। भरथेग केही थिएन्। पार्वतीको यो परिवार २०७२ भदौतिर फेरि त्यही धराप घरमै सर्न बाध्य भयो।

भुइँचालोपछि पार्वतीका श्रीमान केशव राजधानी छोडेर गाउँ फर्किए। दुखःमाथि दुःख थपिँदै गएका कारण केशवलाई मानसिक तनाव बढ्दै गयो। उनलाई डराउने रोग लाग्योे। केही समयपछि उनी थला परे। गाउँका स्वास्थ्यकर्मीले उपचार गर्न राजधानी लैजान सुझाए। पैसा थिएन्। श्रीमान्को रेखदेखमै पार्वती घिमिरेको दैनिकी चल्दै थियो।खरको छानो छाउन नसक्ने पार्वतीलाई घर बनाउन असम्भव थियो। भुइँमा ओछ्यान हालेर सबै एकसाथ सुत्थे। भुइँचालो गएकै सालको पुसमा ठन्डी बढ्दै गयो। केशवलाई व्यथाले च्याप्यो। त्यही पुसको ११ गते पार्वतीले श्रीमान गुमाइन। छोराछोरी टुहुरा भए। उनको जीवनमा ठूलै बज्रपात आइलाग्यो। आजको नागरिक दैनिकको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

सपनामा तुषरापात
भूकम्पलगत्तै सरकारले पीडितलाई घर बनाउन अनुदान दिने घोषणा गर्यो। भत्केका घर नाप्न र जाँचबुझ गर्न गाउँमा प्राविधिक आए । पार्वतीको घर पनि नापेर फोटो खिचेर लगे उनीहरूले । पहिलो चरणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राहीको सूची प्रकाशित ग(यो। उनले तत्कालीन गाविस कार्यालय पुगेर सूची हेरिन् । ससुरा, जेठाजुसहित सबै छिमेकीको नाम आयो । उनको नाम आएन् । गाउँकै जानेबुझेकासँग सोधीखोजी गर्न लगाइन् उनले। सुझाएअनुसार गुनासो फारम भरिन् । फेरि अर्कोपटक प्राविधिक गाउँ आए ।

भत्केको घर हेरे । गाउँमा प्रायःले धराप घर भत्काएर पन्छाउन सुरु गरिसकेका थिए । पार्वतीलाई गारो चर्किएको झुपडीमा बसेको भनेर ती प्राविधिकले किन यस्तो घरमा बसेको भनेर गालीसमेत गरे । उनले आफ्नो वेदना पनि पोखेकी थिइन् । प्राविधिक फर्किए। अब त नाम आउला कि भनेर ढुक्क भइन् उनी । प्राधिकरणले गाउँमा सूची पठायो । उनको नाम थिएन् । गाउँमा घरै नभएका राजधानी बस्ने छिमेकीको नाम भने सूचीमा थियो।

केही दिनपछि वडा कार्यालयमा अर्को सूची आयो । पार्वतीको नाम मर्मत गरेर बस्न मिल्ने सूचीमा आएछ । गाउँका अगुवालाई बुझ्न लगाउँदा प्राविधिकले पार्वतीको घर भत्के पनि उनी सोही घरमा बस्दै आएको भनेर प्रतिवेदन दिएका कारण प्राधिकरणले उनको घर मर्मत गरेर बस्न मिल्ने भनेर प्रबलीकरणमा राखेर पठाइदिएको रहेछ। तीन लाख रुपैयाँ अनुदान पाइएला र घर बनाउँला भनेर कुरेर बसेकी पार्वतीको त्यो सपनामा पनि तुषरापात लाग्यो। रमेश खतिवडा

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  ७ : २२ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित