२०८३, १६ असार बुधबार

प्रधानन्यायाशीसमा किचलो: को हुन कायममुकायम ?

प्रधानन्यायाशीसमा किचलो: को हुन कायममुकायम ?


काठमाडौं, भदौ २ : संसदीय सुनुवाइ विशेष समितिको दुई तिहाइ बहुमतबाट प्रधानन्यायाधीसमा अस्वीकृत भएलगत्तै सर्बोच्च अदालतका न्यायाधीश दीपकराज जोशी विदामा बसे । कायममुकायम प्रधानन्यायाधीशको हैसियतमा सुनुवाइको सामना गरेका जोशीमाथि पाँचवटा अभियोग लाग्यो । जसका कारण उनी बिदा बसे । विदा आगामी भदौ ४ गते(सोमबार) मा सकिदैछ ।

उनी बिदामा बसेपछि बरीयताक्रममा उनीमुनीका न्यायाधीश ओमप्रकाश मिश्रले कायममुकायमको हैसियतमा कार्यभार सम्हाले । शुक्रबार विहानसम्म मिश्रले कामुकै हैसियतमा मुद्दाको पेसी तोक्नेदेखि न्यायिक प्रशासनको नेतृत्व गरिरहेका छन् ।बिदामा बसेका जोशीले शुक्रबार मुलुकी संहिता लागु भएको अवसर पारेर संचिवालयमार्फत सन्देश जारी गरे ।

जहाँ उनको परिचय छ ‘कायममुकायम प्रधानन्यायाधीश तथा अध्यक्ष, न्यायपरिषद ।’ फौजदारी र देवानी संहिता लागु भएको अवसरमा उनको संदेशको मुल आशय, ‘न्यायका मान्य सिद्धान्तहरुको परिपालनको गन्तब्यको पहिलो पाइला बनोस ।’नेपालको संविधानको धारा १२९ को उपधारा ६ मा प्रधानन्यायाधीशको पद रिक्त भएमा, काम गर्न असमर्थ भएमा, विदा बसेमा वा नेपाल बाहिर भएर उपस्थित हुन नसक्ने अवस्था भएमा बरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीश भएर काम गर्ने उल्लेख छ ।कायममुकायको हैसियतमा रहेका जोशी विदामा बसेपछि सो संवैधानिक व्यवस्थाअनुसार उनीमुनीका न्यायाधीश मिश्र स्वतः कायममुकायम हुन्छन् ।
-राजधानी दैनिकबाट

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  ६ : ५३ बजे

फरेन्सिक क्षेत्रमा ‘कामचलाउ’ जनशक्ति स्वीकार्य छैन : मन्त्री महावीर पुन

काठमाडौं । महावीर पुन ले फरेन्सिक विज्ञानजस्तो संवेदनशील क्षेत्रमा ‘कामचलाउ’

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा

स्वर्णिम यात्राको उत्सव : नाडाले कोर्यो भविष्यको मार्गचित्र

– पावेल शाह शनिबार बिहान राजधानीका सडकमा एउटा असामान्य दृश्य

दीपबाट सुरु भएको ५० वर्षको उज्यालो: नाडाको स्वर्णिम यात्राको उत्सव

काठमाडौं । एउटा पित्तलको परम्परागत दीप। त्यसमा झुकेर बत्ती बालिरहेका