२०८३, १७ बैशाख शुक्रबार

विश्वभर कोरोनाबाट ९६ नेपालीको मृत्यु, ७,०६२ व्यक्ति संक्रमित

विश्वभर कोरोनाबाट ९६ नेपालीको मृत्यु, ७,०६२ व्यक्ति संक्रमित


काठमाडौं ४ जेठ विश्वव्यापी कोरोना भाइरसको महामारीमा परेर विश्वभर ९६ जना नेपालीले मृत्यु भएका छन् । ७ हजार ६२ जना संक्रमित छन् ।

मृत्यु हुनेमा सबैभन्दा बढी बेलायतमा रहेका नेपाली रहेका छन् । बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणका कारण मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ । बेलायतपछि बढी मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेमा १५ जना नेपाली रहेको एनआरएनएले जनाएको छ ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा संजिव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स ९युएई० मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १ र नेपालमा १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला छन् । यो सातामात्र नेपालसहित थप १८ जनाको मृत्यु भएको हो । यस साता ज्यान गुमाउनेहमा युकेमा १२, युएईमा ३, साउदी अरबमा २ र नेपालमा १ रहेको एनआरएनएले जनाएको छ ।

संक्रमित हुनेमा नेपालबाहेक विश्वभर ६ हजार ७ सय ८१ गैरआवासीय नेपाली रहेका छन् । संक्रमितमध्ये ३५ प्रतिशतभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको पनि जनाइएको छ । ११ देशमा गैरआवासीय नेपालीले ज्यान गुमाएका छन् भने १९ देशमा रहेका नेपाली कोभिड १९ बाट संक्रमित बनेको एनआरएनएले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ४ जेष्ठ आईतबार  ७ : ४८ बजे

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले