२०८३, ८ आश्विन शुक्रबार

दिवेश पुगे अमेरिकन आइडलको टप ७ मा

दिवेश पुगे अमेरिकन आइडलको टप ७ मा


काठमाडौं, २९ वैशाख: नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् । उनी अब फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी छ ।

भोटिङका आधारमा भइरहेको प्रतिस्पर्धामा दिवेशले टप ७ मा स्थान बनाएका हुन् । टप ७ मा पुगेसँगै उनले आज दिएको प्रस्तुतिपछि फाइनलका लागि भोटिङ भइरहेको छ । आजको एपिसोडमा उनले सामुयल इ राइटको ‘किस द गर्ल’ बोलको गीत मेलोडियस स्वरमा गाए । आज पनि उनले निर्णायकहरुको तारिफ बटुलेका छन् ।

अमेरिकामा ‘मदर्स डे’ मनाइँदै छ । यसै सन्दर्भमा टप फाइभका लागि प्रस्तुतिपछि अर्को चरणमा सातै जनाले आफ्नो आमालाई सामुन्ने राखेर गीत गाएका थिए । दिवेशले बोन इभरको ‘हे मा’ बोलको गीत आमालाई सुनाएका थिए । गीतपछि आमाले उनलाई अंकमाल गरेकी थिइन् । अघिल्लो एपिसोड जस्तै यसपटक पनि प्रतियोगीहरुले आ–आफ्नो घरबाटै प्रस्तुति दिएका हुन् ।

आजको प्रस्तुतिपछि भएको भोटिङका आधारमा टप ७ बाट पाँच जनालाई फाइनलमा लगिनेछ । फाइनल अर्को साता १७ मेमा हुनेछ ।

अमेरिकन आइडलमा भोट दिन तीन तरिका छन् । एसएमएस गरेर, अमेरिकन आइडलको एप डाउनलोड गरेर र अमेरिकन आइडलको वेबसाइटमा गएर । तीनवटै विधीबाट १०–१० पटक भोट गर्न सकिन्छ । तर, यो अमेरिकामा बस्नेहरुका लागि मात्रै हो । नेपाल र अन्य मुलुकबाट भोट गर्न चाहिँ भीपीएन डाउनलोड गर्नुपर्ने हुन्छ ।

काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ देखि अमेरिकामा बस्दै आएका छन् । उनी परिवारसहित अमेरिकाको कान्ससस्थित विचिटामा बसोबास गर्छन् ।

प्रकाशित मिति : २०७७, २९ बैशाख सोमबार  १० : ३५ बजे

राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन, वसन्तपुरमा विशिष्ट व्यक्तिको जमघट

काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा राष्ट्रपति रामचन्द्र

काठमाडौंमा उर्लिए खोलानाला : कहाँ के छ अवस्था ?

काठमाडौं । लगातारको वर्षासँगै काठमाडौं उपत्यकाका नदी तथा खोलानालामा पानीको

एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । खोलाको पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले ललितपुरको

आयल निगमको अध्यक्षमा रुद्रसिंह तामाङ, ‘नियमित र सहज आपूर्ति सुनिश्चित गर्छु’

काठमाडौं । नेपाल आयल निगम सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी रुद्रसिंह

सोल्टी होटलमा व्यवस्थापनविरुद्ध तीन युनियन उत्रिए, ‘एकतर्फी सरुवा फिर्ता गर’

काठमाडौं । राजधानीको प्रतिष्ठित द सोल्टी होटलमा कर्मचारी सरुवाको विषयलाई