२०८३, २२ जेष्ठ शनिबार

विश्वभर मृतकको संख्या २ लाख ८२ हजार बढी

विश्वभर मृतकको संख्या २ लाख ८२ हजार बढी


काठमाडौं, २९ वैशाख: विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ८२ हजार नाघेको छ । संक्रमितहरुको संख्या ४१ लाखभन्दा बढी छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै १३ लाख २९ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । सो विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ७९ हजार ५२६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

स्पेनमा २ लाख २४ हजार ३५० जना संक्रमित छन् भने २६ हजार ६ सय २१ जनाको मृत्यु भएको छ । बेलायतमा २ लाख २० हजार ४ सय ४९ जनामा संक्रमण पुष्टि हुँदा ३१ हजार ९३० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७, २९ बैशाख सोमबार  ९ : ३७ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति