२०८३, १२ जेष्ठ बुधबार

धुलिखेलका १८ परिवारलाई संगितकर्मीको राहत

धुलिखेलका १८ परिवारलाई संगितकर्मीको राहत


धुलिखेल, २६ बैशाखः लकडाउनका कारण खाद्यान्न अभाव व्यहोरिरहेका धुलिखेल ४ छापगाउँका १८ परिवारलाई राष्ट्रिय संगीतकर्मी संघले राहत प्रदान गरेको छ । लकडाउनसँगै बेरोजगारीका कारण गरिब तथा बिपन्न वर्गका परिवारमा खाद्यान्नको समस्या पर्दे आइरहेको अवस्थालाई मध्नजर गर्दै धुलिखेलका अलपत्र १८ परिवारलाई राष्ट्रिय संगीतकर्मी संघले राहत प्रदान गरेको हो ।

लकडाउन भए सँगै शुरुवात गरिएको यो अभियान निरन्तर जारी रहेको संस्थाका महासचिव बिक्रम जङ्ग शाहले बताए । राष्ट्रिय सङ्गीतकर्मी सङ्घको अभियान अन्तर्गत दैनिक मजदुरी गर्ने काभ्रे धुलिखेल वडा नं. ४ छापागाउका १८ घर परिवारलाई राहत प्रदान गरिएको हो । त्यसैगरी भक्तपुर, कालो पुल, काडाघारी, बनेपामा पनि सहयोग गरेको शाहले जानकारी दिए ।

धुलिखेलमा वितरण गरिएको सामाग्री सहयोग तथा व्यवस्थापन उद्योगपति गणेश सुवेदीले गरेको संस्थाका महासचिव बिक्रम जङ्ग शाहले बताए । संघले अहिले सम्म उपत्यकाको सुर्यबिनायक, ठिमी, लोकन्थली, काडाघारी, मुलपानी, टोखा, सरस्वती खेल, कौसलटार, कोटेश्वर, जडीबुटी, इमाडोल, सिनामंगल, मित्र पार्क, चाबहिल, जोरपाटी, नयाबस्ती, गोठाटार, आरुबारी, धुम्बाराही, सामाखुसी, ग्रीन्ल्याण्ड, माछापोखरी, सोर्हखुट्टे, कालीमाटी, बल्खु , कलन्की, ढुङ्गेअड्डा, काभ्रे लगायतका विभिन्न स्थानमा पुगी करीब ३ हजार भन्दा बढी ब्यक्तिहरुको पेट भर्नको लागि मद्दत गरेको छ ।

प्रकाशित मिति : २०७७, २६ बैशाख शुक्रबार  ७ : ४० बजे

वार्ताकै बीच अमेरिकी हमला, इरानको विरोध

काठमाडौं । इरानले युद्ध अन्त्यका लागि संवाद चलिरहेकै बेला संयुक्त

गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन नगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन

नेपाल तामाङ समाज जापानको अध्यक्षमा गिरबहादुर घिसिङ निर्वाचित

काठमाडौं । नेपाल तामाङ समाज जापानको १० औँ महाधिवेशनबाट गिरबहादुर

प्रतिनिधिसभा बैठक आज बस्दै, विधेयकहरूको चाप बढ्दै

काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

युद्धविराम वार्ताकै बीच ठूलो तनाव: इरानमा अमेरिकी हवाई आक्रमण

काठमाडौं । इरान र अमेरिका बीच युद्ध अन्त्य गर्ने प्रारम्भिक