२०८२, १० फाल्गुन आईतबार

क्वारेन्टाइनमा लैजाँदै गर्दा बाटोमै वृद्धको मृत्यु, स्वाब परीक्षणका तयारी

क्वारेन्टाइनमा लैजाँदै गर्दा बाटोमै वृद्धको मृत्यु, स्वाब परीक्षणका तयारी


काठमाडौ २२ बैशाख भारतबाट फर्किएका बैतडीका एक वृद्धको क्वारेन्टाइनमा जाँदाजाँदै मृत्यु भएको छ । मृतकको थ्रोट स्वाब सङ्कलन गरी सोमबार परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो । रिपोर्टपछि मात्रै जुनेमा कोरोना भए/नभएको थाहा हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।

पुर्चौडी नगरपालिका–६ मनकालीका ६७ वर्षीय जुने लुहार एक महिनाअघि उपचारका लागि भारतको पिथौरागढ पुगेका थिए । लकडाउनका कारण लुहार पिथौरागढमै बसेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

स्वास्थ्य प्रमुख भट्टका अनुसार भारतीय सीमाना झुलाघाटबाट उद्धार गरेर ल्याइएका जुनेको शनिबार मृत्यु भएको थियो। लुहार यही वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै नेपाल आएका थिए। उनको शनिबार पुर्चौडी नगरपालिका–६ को क्वारेन्टाइनमा खडायत गाउँ नजिकै बाटोमा हिँड्दाहिँड्दै मृत्यु भएको थियो। जुने लामो समयदेखि दमका बिरामी थिए ।

प्रकाशित मिति : २०७७, २२ बैशाख सोमबार  ११ : ३५ बजे

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार