२०८३, १४ असार सोमबार

प्रेमीद्वारा प्रेमिकाको हत्या

प्रेमीद्वारा प्रेमिकाको हत्या


उर्लाबारी, मोरङ, १ भदौ : ग्रामथान गाउँपालिका–३ सिद्राहामा आज बिहान एक युवकले धारिलो हतियार प्रहार गरी प्रेमिकाको हत्या गरेका छन् । विराटनगर महानगरपालिका–१३ का ३० वर्षीय दिनेश भट्टराईले बिहान १० बजे सोही ठाउँकी २३ वर्षीया शिखा घिमिरेको हत्या गरेका हुन् । आफ्नी प्रेमिकाको हत्या गरेर भाग्दै गरेको अवस्थामा भट्टराईलाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो । प्रहरीका अनुसार दुवै जना घुम्न भनेर आज बिहान को १७ प १७२३ नम्बरको स्कुटरमा विराटनगरबाट निस्किएका थिए ।

घुमघामकै क्रममा भट्टराईले आफूसँग रहेको धारिलो हतियार प्रहार गरेर प्रेमिकाको हत्या गरेको प्रहरीले जनाएको छ । प्रेमिकाले आफुलाई धोका दिएर अष्ट्रेलिया जान खोजेपछि आफूले हत्या गरेको भट्टराईले स्वीकार गरेको प्रहरी उपरीक्षक केसीले बताउनुभयो । प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको दाउ, चक्कु र दुवै चढेर गएको स्कुटर बरामद गरेको छ ।

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  ६ : ३४ बजे

एमाले काभ्रेको नवौँ पूर्ण बैठक सुरु, संगठन विस्तार र जनपरिचालन मुख्य एजेन्डा

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रे जिल्ला कमिटीको नवौँ

राष्ट्रिय धान दिवसमा आधुनिक कृषि प्रविधिको प्रदर्शन, ड्रोनबाट मल र मेसिनबाट धान रोपाइँ

काठमाडौं । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आधुनिक

संसदीय अभ्यास सिक्न सांसदलाई सभामुखको आग्रह

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जनप्रतिनिधिको हरेक गतिविधिमाथि नागरिकको प्रत्यक्ष

अमेरिका–इरान तनाव फेरि चुलियो, युद्धविराम संकटमा

काठमाडौं। अमेरिका र इरानबीच करिब दुई साताअघि भएको अन्तरिम युद्धविराम

जवज-सञ्चार, विज्ञान र प्रविधि : २१औँ शताब्दीको वर्ग संघर्षको नयाँ मोर्चा

कुनै समय युद्धको परिणाम बन्दुक, तोप र सेनाको संख्याले निर्धारण