२०८३, १२ आश्विन मंगलबार

बनेपामा ३० जना मुस्लिम समुदायमा आरडिटी परीक्षण, रिपोर्ट नेगेटिभ

बनेपामा ३० जना मुस्लिम समुदायमा आरडिटी परीक्षण, रिपोर्ट नेगेटिभ


धुलिखेल, ६ बैशाखः बनेपा नगरपालिकामा बस्दै आएको ३० जना मुस्मिल समुदायमा आरडिटी विधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको छ । तीन जना महिला सहित २७ जना पुरुषको आज परिक्षण गरिएको हो । परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका स्वास्थ्य संयोजक सत्यश्वर मकै श्रेष्ठले जानकारी दिए ।

उनीहरु पनि हिजो उदयपुरमा कोरोना पोजेटिभ भेटिएका समूहसँग नेपालमा धार्मिक कार्यक्रममा सहभागि हुन भारतबाट आएका थिए । उनीहरु माघको पहिलो सात तिर नै बनेपा आइपुगेको बताइएको छ । उनीहरु अहिले बनेपा नगरपालिका वडा नम्बर १०, थापागाउँ, होम क्वारेन्टाइनमै रहेका स्वास्थ्य संयोजक श्रेष्ठले बताउनुभयो ।

उनीहरु सुन, चाँदीको गरगहना र घर बनाउने काममा सहभागि हुदैँ आएका थिए । उनीहरुलाई प्रहरीले समेत उच्च निगरानीमा राखेको छ । बनेपा नगरपालिका अन्य थप ४ को पनि आडिटी विधि मार्फत कोरोना भाइरस परीक्षण गरेको छ । उनीहरुको पनि रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य संयोजक श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ६ बैशाख शनिबार  ४ : ५५ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय