२०८३, १२ आश्विन मंगलबार

धुलिखेल अस्पतालमा उच्च ज्वरोका कारण एक महिलाको मृत्यु

धुलिखेल अस्पतालमा उच्च ज्वरोका कारण एक महिलाको मृत्यु


लिखेल २३ चैत : धुलिखेल अस्पतालमा उच्च ज्वरोका कारण एक महिलाको मृत्यु भएको छ । पनौती नगरपालिका–१२ कलाती भूमिडाँडा, मगरगाउँकी मधुमाया तामाङको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले तामाङकाे मृत्यु भएकाे पुष्टि गर्दै काेराेना भाइरसले हाे वा हाेइन भन्ने बारे स्वाबकाे परिक्षण रिर्पाेट आएपछि मात्रै बन्न सकिने बताए ।

मृतक तामाङकी २८ वर्षीय छोरी सुकुमाया तामाङ यही चैत ३ गते कतारबाट नेपाल आएकी हुन् ।  आमाको मृत्युपछि छोरी सहित उनको सम्पर्कमा रहेका व्यक्तिहरुलाई कोरोना भाइरसको आशंकामा धुलिखेल स्थित सञ्जीवनीमा तयार गरिएको क्वारेन्टाइनमा राखिएको छ । त्यस्तै एम्बुलेन्स चालकलाई समेत क्वारेन्टाइनमा राखिएको छ ।

क्वारेन्टाइनमा राखिएका सबैको स्वाब परीक्षणका लागि संकलन गरिएको छ । वडाध्यक्ष ईश्वर जंगमका अनुसार सुकुमाया भने गाउँमा एकदिन मात्रै बसेर काठमाण्डौ गएकी थिइन् । मृतकको शव धुलिखेल अस्पतालमै राखिएको छ ।

प्रकाशित मिति : २०७६, २३ चैत्र आईतबार  ६ : ३७ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय