२०८३, १५ श्रावण शनिबार

औषधि पत्ता लागेको छैन, कसरी भइरहेको छ कोरोनाको उपचार ?

औषधि पत्ता लागेको छैन, कसरी भइरहेको छ कोरोनाको उपचार ?


काठमाडौं, २३ चैत: चीनबाट फर्केका एक नेपाली विद्यार्थीमा कोरोना (कोभिड-१९) भाइरसको संक्रमण पुष्टि भएको साढे दुई महिना पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को हङकङस्थित कोलाबोरेटिङ सेन्टरमा परीक्षण गर्दा ९ माघमै ती विद्यार्थीमा कोरोना पोेजेटिभ देखिएको थियो ।

नेपालभित्र देखिएका पहिलो संक्रमित निको भइसकेका छन् । उनीजस्तै विश्वभरि दुई लाख ३६ हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।

डब्लुएचओका अनुसार २०० भन्दा बढी देशमा पुगेको कोरोनाबाट ६० हजारभन्दा बढीको ज्यान गइसकेको छ । संक्रमितको संख्या ११ लाख नाघेको छ । नेपालमा कुल संक्रमित संख्या ९ पुगेको छ । गत डिसेम्बर अन्तिम साता चीनको वुहानमा पहिलोपटक देखिएको कोरोनाको औषधि अझैसम्म पत्ता लाग्न सकेको छैन । औषधि पत्ता नलागेको रोगका विरामी कसरी निको हुन्छ त ?

‘अहिलेसम्मको तथ्यांक हेर्दा ८० प्रतिशतभन्दा बढी केसमा बिरामीकै रोग प्रतिरोधात्मक क्षमताका कारण निको भएको देखिन्छ’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च यूनिटका संयोजक डा.शेरबहादुर पुन भन्छन्, ।

उनका अनुसार सामान्तया १५-२० प्रतिशत बिरामीलाई मात्रै उपचारको आवश्यकता पर्छ । आइसीयु वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने विरामीको संख्या त झन पाँच प्रतिशतभन्दा पनि सानो हुने जानकारहरू बताउँछन् ।

कसरी हुन्छ उपचार ?

विभिन्न देशको निरन्तर प्रयासका बाबजुद कोभिड-१९ महामारीको औषधि पत्ता लाग्न सकेको छैन । अहिलेसम्मको आँकडा हेर्दा प्रत्येक १०० मध्ये ९५ जना बिरामी निको भइरहेका छन् । डब्लुएचओले त झन कुल संक्रमित मध्ये ३.४ प्रतिशतको मात्रै मृत्यु हुने प्रक्षेपण गरेको छ ।

चिकित्सकहरूका अनुसार बिरामीलाई स्ट्यान्डर्ड प्रोटोकलका आधारमा औषधि दिने गरिन्छ । ‘बिरामीमा देखिएको लक्षणको आधारमा औषधि प्रयोग गरिन्छ’ डा. पुन भन्छन् । उदाहरणका लागि बिरामीमा निमोनियाको लक्षण छ भने एन्टी बायोटिक्स दिइन्छ । रोगको लक्षणअनुसार एन्टी-भाइरल वा एन्टी-बायोटिक्स दिने गरिएको डा. पुनले जानकारी दिए ।

भारतको जयपुरस्थित एक अस्पतालले भने एचआइभी एड्समा प्रयोग गर्ने औषधि प्रयोग गरिएका तीनजना निको भएको बीबीसीले उल्लेख गरेको छ । यद्यपि २-४ वटा संक्रमितलाई निको पार्दैमा त्यसले औषधिको मान्यता भने नपाउने चिकित्सकहरू बताउँछन् ।

छैन हाम्रो ‘गाइड-लाइन’

कतिपय देशले विरामीलाई सार्सका बेला प्रयोग गर्ने औषधि पनि दिने गरेका छन् । कतिपय अस्पतालले आ-आफ्नै ढंगले प्रोटोकल बनाएर उपचार गरेको देखिन्छ ।

तर, एउटा देशमा काम लागेको ‘गाइड-लाइन’ अर्को देशमा काम नलाग्न पनि सक्छ । उदाहरणका लागि चीनमा उपयोगी प्रोटोकल अमेरिकामा काम नलाग्न सक्छ । नेपालले भने कस्तो लक्षणमा कुन औषधि प्रयोग गर्ने भन्ने गाइडलाइन बनाएको छैन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. पुन देशभरि गाइड-लाइन हुँदा चिकित्सकलाई उपचार गर्न सजिलो हुने बताउँछन् ।

काठमाडौं उपत्यका बाहिरसमेत कोरोनाको नमूना परीक्षण गर्ने ल्याब बनिसकेको सन्दर्भमा देशभरि काम लाग्ने स्ट्यान्डर्ड प्रोटोकल बनाउनुपर्ने देखिन्छ । राष्ट्रियस्तरको मापदण्ड हुँदा महामारी फैलिइहाल्यो भने काठमाडौं बाहिरका अस्पताललाई पनि काम गर्न सजिलो हुने जानकारहरू बताउँछन् ।

अनलाइ खबरबाट

प्रकाशित मिति : २०७६, २३ चैत्र आईतबार  ८ : ०६ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने