२०८२, १३ फाल्गुन बुधबार

भारतका पूर्वप्रधानमन्त्री बाजपेयीको निधन

भारतका पूर्वप्रधानमन्त्री बाजपेयीको निधन


काठमाडौं, साउन ३१ । भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका बाजपेयीको उपचारकाक्रममा नयाँदिल्लीस्थित एम्स अस्पतालमा बिहीबार अपराह्न निधन भएको हो ।

गत जुनमा मिर्गौलामा संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।बाजपेयी सन् १९९६ मा १३ दिन, सन् १९९८ देखि १९९९ सम्म र सन् १९९९ देखि सन् २००४ मा गरी तीनपटक भारतको प्रधानमन्त्री बनेका थिए ।बाजपेयी ‘भारत रत्न’लेसमेत सम्मानित व्यक्तित्व थिए ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाजपेयीको निधनले भारतमा एक युगको अन्त्य भएको प्रतिक्रिया दिएका छन् ।उनी कवि, स्पस्ट वक्ता र समावेशी राजनीतिज्ञकारुपमा चिनिन्थे । पत्रकारिताबाट पेसागत जीवन सुरु गरेका बाजपेयी पछि राजनीतिमा प्रवेश गरेका थिए । (एजेन्सी)

प्रकाशित मिति : २०७५, ३१ श्रावण बिहीबार  ६ : ५६ बजे

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर