२०८३, २६ आश्विन मंगलबार

लक डाउनका बेला दूध किन्न गएका युवा प्रहरीको कुटाईबाट मृत्यु

लक डाउनका बेला दूध किन्न गएका युवा प्रहरीको कुटाईबाट मृत्यु


काठमाडौं १३ चैत  : भारतमा लक डाउनका बेला दूध किन्न हिडेका युवाको प्रहरीको कुटाईबाट मृत्यु भएको छ ।

पश्चिम बंगालस्थित हाउराह जिल्लाका ३२ वर्षीय लाल स्वामीको प्रहरीको कुटाईबाट मृत्यु भएको हो । कोरोना भाइरसको संक्रमण फैलिएपछि बुधबारदेखि भारत सरकारले २१ दिन लामो लक डाउन घोषणा गरेको छ ।

भारतमा लक डाउनका बेला बाहिर निस्कनेलाई त्यहाँको प्रहरीले कारवाही गर्ने गरेको छ । प्रहरीले कतिलाई कुटपिट गरेको त केहीलाई उठबस गराएको भिडिओ र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

पश्चिम बंगालस्थित हाउराह जिल्लाका ३२ वर्षीय लाल स्वामी बुधबार साँझ दूध किन्न भन्दै घरबाट निस्किएका थिए। सडकमा पुगेपछि प्रहरीले उनलाई कुटपिट गरेका थिए । घाइते भएका उनलाई अस्पताल लैजाँदालैजाँदै मृत्यु भयो। उनको परिवारले प्रहरीले हानेको चोटबाट स्वामीको मृत्यु भएको आरोप लगाएका छन् ।

प्रहरीले भने उनलाई हृदयघात भएर मृत्यु भएको दाबी गरेको छ। पश्चिम बंगालमा १० जना कोरोना भाइरस संक्रमित छन् भने एक जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : २०७६, १३ चैत्र बिहीबार  २ : ४२ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल