२०८१, ११ फाल्गुन आईतबार

धुलिखेल नगरपालिकाको सुन्तला किसानलाई आग्रहः ‘नआत्तिनुस तर ब्यवस्थापनमा ध्यानदिनुस’

धुलिखेल नगरपालिकाको सुन्तला किसानलाई आग्रहः ‘नआत्तिनुस तर ब्यवस्थापनमा ध्यानदिनुस’


धुलिखेल, ३० फागुनः धुलिखेल नगरपालिकाले आफ्नो पालिकाभित्रको सुन्तला पकेट क्षेत्रका किसानलाई नआत्तिइ बगैँचा ब्यवस्थापन तर्फ लाग्न आग्रह गरेको छ । धुलिखेल नगरपालिकाको वडा नं १२ शंखु र वडा नम्बर १० सारदा बतासेका किसान पछिल्लो समय सुन्तला उत्पादनमा कमी आएपछि चिन्तित छन् ।

किसानहरुको चिन्तालाई मथर गर्न नगरपालिकाको कृषि शाखाले सुन्तलाको बगैँचा ब्यवस्थापन सम्बन्धी तालिम दिन सुरु गरेको छ । वडा नम्बर १२ बाट बगैँचा ब्यवस्थापनका लागि तालिम सुरु गरिएको कृषि शाखा प्रमुख मन्दिल कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार वडा नम्बर १२ का २५÷२५ जना किसानलाई दुई समुहमा बाँडेर प्रयोगात्मक रुपमै सुन्तलाको बगैँचा ब्यवस्थापनको अभ्यास भइरहेको छ । ६ दिनसम्म चल्ने तालिममा २ सय वटा बोट नमुनाका रुपमा छनौट गरेर खाद्यतत्व र आवश्यक हेरचाहाका बारे सुन्तला विज्ञबाटै किसानलाई जानकारी दिइनेछ ।

सुन्तलाको बोटमा दाना कम लाग्ने, चाँडै बोट सुक्ने, विरुवा सानो छदैँ मर्ने र दानामा किरा लाग्ने समस्याका कारण शंखु र सारदाबतासेका किसान चिन्तित छन् । नगरपालिकाले दुईवटा वडाको सुन्तला बगैँचा ब्यवस्थापनका लागि चालु आर्थिक वर्षमा ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । वडा नम्बर १० मा भने सुन्तला खेतीमा आबद्ध २५ जना किसानलाई छनौट गरेर तालिम दिइनेछ ।

वडा नम्बर १० को एक सय बोट सुन्तलामा प्रयोगात्मक रुपमै हेरचाह गर्ने विधि र तरिका सिकाइने नगरपालिकाका कृषि शाखा प्रमुख श्रेष्ठले बताए । ‘पुरानै बोटको हेरचाहा गरेर उत्पादन बढाउने तरिका र नयाँबोट रोप्दा ख्याल गर्नुपर्ने कुरा किसानहरुलाई सिकाई रहेका छौँ, उनले भने ‘कुन समयमा के गर्ने भन्ने कुराको पर्याप्त जानकारी नहुदाँ पनि किसानहरुले सोचे जति आम्दानी लिन सकिरहेका छैनन् ।’

यो पटकको तालिम प्रभावकारी भए अर्को वर्ष बजेट विनियोजन थप गरेर सुन्तला खेतीमा लागेका र लाग्न इच्छा देखाएका किसानलाई तालिम दिने नगरपालिकाले जनाएको छ । शंखु र सारदा बतासेमा ८२ हजार वटा सुन्तलाको बोट रहेको कृषि शाखा प्रमुम श्रेष्ठले बताए । समयमै रोग, किरा नियन्त्रण गर्न नसक्दा यी क्षेत्रको धेरै किसानले सुन्तलाको विकल्प खोज्न थालेका छन् ।

समय अवधिभित्र विरुवा काट्छाट नगर्ने, पुरानो र रोगी हागाँ नहटाउने, हाँगा काटेको ठाउँमा बोडोपेष्ट नलगाउने र बोडो मिक्जर नछर्ने, चोर हाँगा नहटाउने, धेरै पुरानो बोट हटाएर नयाँ नलगाउँदा सुन्तलाको उत्पादनमा कमी आउने विज्ञहरुको भनाई छ ।

प्रकाशित मिति : २०७६, ३० फाल्गुन शुक्रबार  ७ : ०८ बजे

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,