२०८३, ३० भाद्र बुधबार

धुलिखेल नगरपालिकाको सुन्तला किसानलाई आग्रहः ‘नआत्तिनुस तर ब्यवस्थापनमा ध्यानदिनुस’

धुलिखेल नगरपालिकाको सुन्तला किसानलाई आग्रहः ‘नआत्तिनुस तर ब्यवस्थापनमा ध्यानदिनुस’


धुलिखेल, ३० फागुनः धुलिखेल नगरपालिकाले आफ्नो पालिकाभित्रको सुन्तला पकेट क्षेत्रका किसानलाई नआत्तिइ बगैँचा ब्यवस्थापन तर्फ लाग्न आग्रह गरेको छ । धुलिखेल नगरपालिकाको वडा नं १२ शंखु र वडा नम्बर १० सारदा बतासेका किसान पछिल्लो समय सुन्तला उत्पादनमा कमी आएपछि चिन्तित छन् ।

किसानहरुको चिन्तालाई मथर गर्न नगरपालिकाको कृषि शाखाले सुन्तलाको बगैँचा ब्यवस्थापन सम्बन्धी तालिम दिन सुरु गरेको छ । वडा नम्बर १२ बाट बगैँचा ब्यवस्थापनका लागि तालिम सुरु गरिएको कृषि शाखा प्रमुख मन्दिल कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार वडा नम्बर १२ का २५÷२५ जना किसानलाई दुई समुहमा बाँडेर प्रयोगात्मक रुपमै सुन्तलाको बगैँचा ब्यवस्थापनको अभ्यास भइरहेको छ । ६ दिनसम्म चल्ने तालिममा २ सय वटा बोट नमुनाका रुपमा छनौट गरेर खाद्यतत्व र आवश्यक हेरचाहाका बारे सुन्तला विज्ञबाटै किसानलाई जानकारी दिइनेछ ।

सुन्तलाको बोटमा दाना कम लाग्ने, चाँडै बोट सुक्ने, विरुवा सानो छदैँ मर्ने र दानामा किरा लाग्ने समस्याका कारण शंखु र सारदाबतासेका किसान चिन्तित छन् । नगरपालिकाले दुईवटा वडाको सुन्तला बगैँचा ब्यवस्थापनका लागि चालु आर्थिक वर्षमा ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । वडा नम्बर १० मा भने सुन्तला खेतीमा आबद्ध २५ जना किसानलाई छनौट गरेर तालिम दिइनेछ ।

वडा नम्बर १० को एक सय बोट सुन्तलामा प्रयोगात्मक रुपमै हेरचाह गर्ने विधि र तरिका सिकाइने नगरपालिकाका कृषि शाखा प्रमुख श्रेष्ठले बताए । ‘पुरानै बोटको हेरचाहा गरेर उत्पादन बढाउने तरिका र नयाँबोट रोप्दा ख्याल गर्नुपर्ने कुरा किसानहरुलाई सिकाई रहेका छौँ, उनले भने ‘कुन समयमा के गर्ने भन्ने कुराको पर्याप्त जानकारी नहुदाँ पनि किसानहरुले सोचे जति आम्दानी लिन सकिरहेका छैनन् ।’

यो पटकको तालिम प्रभावकारी भए अर्को वर्ष बजेट विनियोजन थप गरेर सुन्तला खेतीमा लागेका र लाग्न इच्छा देखाएका किसानलाई तालिम दिने नगरपालिकाले जनाएको छ । शंखु र सारदा बतासेमा ८२ हजार वटा सुन्तलाको बोट रहेको कृषि शाखा प्रमुम श्रेष्ठले बताए । समयमै रोग, किरा नियन्त्रण गर्न नसक्दा यी क्षेत्रको धेरै किसानले सुन्तलाको विकल्प खोज्न थालेका छन् ।

समय अवधिभित्र विरुवा काट्छाट नगर्ने, पुरानो र रोगी हागाँ नहटाउने, हाँगा काटेको ठाउँमा बोडोपेष्ट नलगाउने र बोडो मिक्जर नछर्ने, चोर हाँगा नहटाउने, धेरै पुरानो बोट हटाएर नयाँ नलगाउँदा सुन्तलाको उत्पादनमा कमी आउने विज्ञहरुको भनाई छ ।

प्रकाशित मिति : २०७६, ३० फाल्गुन शुक्रबार  ७ : ०८ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक