२०८३, १२ आश्विन मंगलबार

काभ्रेमा कोरोनाको पूर्वतयारी : धुलिखेल र शीर मेमोरियल अस्तालमा आइसोलेसन कक्ष सञ्चालनमा ल्याइने

काभ्रेमा कोरोनाको पूर्वतयारी : धुलिखेल र शीर मेमोरियल अस्तालमा आइसोलेसन कक्ष सञ्चालनमा ल्याइने


धुलिखेल २० फागुन : काभ्रेको बनेपामा भोलीदेखि हुने भनिएको औद्योगिक प्रदर्शनी तथा घरेलु उद्योग महोत्सव तत्काललाई स्थगित गरिएको छ । मंगलबार जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीको अध्यक्षमा बसेको जिल्ला स्तरीय बैठकले यस्तो निर्णय गरेको हो । घरेलु तथा साना उद्योग महासंघ काभ्रेले फागुन २१ देखि चैत २ गतेसम्मका लागि प्रदर्शनी आयोजना गरेको थियो ।

तर बैठकले मानिसको भिड हुने ठाउँमा कोरोना भाइसरको संक्रमण बढी हुन सक्ने भन्दै यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले होलि नखेल्न र मानिसको बढी भिड हुने सभा, सम्मेलन, बिवाह, ब्रतन्ध जस्ता कार्यक्रम नगर्न पनि जिल्लाबासीलाई अनुरोध गरेको छ ।

यसैबीच बैठकले धुलिखेल र शीर मेमोरियल अस्पतालमा आइसोलेशन कक्ष सञ्चालनमा ल्याउने निर्णय पनि गरेको छ । यसका लागि दुबै अस्पतासँग समन्वय गरेर काम अघि बढाउने बताइएको छ । जिल्लाका अन्य स्वास्थ्य संस्थालाई समेत उच्च सर्तकता अपनाउन सबै स्थानीय तहलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०७६, २० फाल्गुन मंगलबार  ५ : ०२ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय