२०८२, २३ चैत्र मंगलबार

अधिकृत झा विरुद्ध विशेष अदालतमा मुद्दा दायर

अधिकृत झा विरुद्ध विशेष अदालतमा मुद्दा दायर


काठमाडौँ, २९ साउन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरी, तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार झा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रशासकीय अधिकृत झाले स्थानीय रामजानकी मन्दिरदेखि सकरपुराको पुलसम्म जाने बाटोमा माटो भर्ने र ग्राभेल गर्ने योजनाको अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग रु ७० हजार घुस लिएको अभियोग लागेको छ ।

आयोगकाअनुसार प्रशासकीय अधिकृत झाले कार्यालय सहायक राजकुमार मण्डललाई घुस उठाउनका लागि प्रयोग गरेको समेत अनुसन्धानबाट पक्ता लागेको छ । यस्तै आयोगले आजै नेपाल बिद्युत प्राधिकरण पुल्चोक वितरण केन्द्र, ललितपुरमा कार्यरत ईलेक्ट्रिसियन भोलाप्रसाद अधिकारीलाई रु ९५ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । अधिकारीलाई कार्यालय परिसरबाटै पक्राउ गरी छानबिन भइरहेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २९ श्रावण मंगलबार  ९ : १८ बजे

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि

सञ्चार मन्त्रालयद्वारा नतिजामा आधारित शासकीय सुधारका लागि १० कार्यक्रम स्वीकृत

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ले नतिजामा आधारित

आज प्रतिनिधिसभाको बैठक, तीन विधेयक प्रस्तुत हुँदै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा को बैठक आज दिउँसो १