२०८३, २२ जेष्ठ शनिबार

काभ्रेको महाभारत गाउँपालिकाले सुरु गर्यो ७ वटा वडामा मगर भाषाको पठनपाठन

काभ्रेको महाभारत गाउँपालिकाले सुरु गर्यो ७ वटा वडामा मगर भाषाको पठनपाठन


धुलिखेल, १६ फागुनः काभ्रेको अति दुर्गम डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाले मगर भाषाको पठनपाठन सुरु गरेको छ । पालिकामा गठन भएको मगर संघ संगको सहकार्यमा पालिकाले मगरभाषाको पठन पाठन सुरु गरेको हो । ८ वटा वडा रहेको पालिकाको दुई नम्बर वडा बाहेक ७ वटा वडामा मगरभाषाको पठनपाठन हुने पालिकाका प्रवक्ता रविन मोक्तानले जानकारी दिए ।

प्रवक्ता मोक्तालनका अनुसार वडा नम्बर २ भने तीन घर मात्रै मगर समुदाय रहेकाले उनीहरुलाई वडा नम्बर ८ मा पढ्ने ब्यवस्था मिलाइएको छ । वडाको पायक पर्ने ठाउँमा विहान र बेलुका दुई घण्टा कक्षा सञ्चालन हुनेछ । पालिकाले किताब र कापी निःशुल्क वितरण गरेको छ । ‘मगर समुदायको भाषा र संस्कृतिलाई जर्गेना गर्ने उद्देश्यले पठनपाठन सुरु गरेका हाँै, प्रवक्ता, मोक्तानले भने ‘यो भाषा पढ्न कुनै उमेर तोकिएको छैन, सबैले पढ्न पाउनुहुन्छ, वडा नम्बर २ बाहेक सबै वडामा पायक पर्ने ठाउँमा कक्षा सञ्चालन हुनेछ ।’

पालिकाले तीन जना प्रशिक्षक समेत नियुक्ति भइसकेको छ । २६ दिन कक्षा सञ्चालन हुनेछ । २०६८ सालका जनगणना अनुसार महाभारत गाउँपालिकामा मगर समुदायको जनसंख्या २१.२२ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २०७६, १६ फाल्गुन शुक्रबार  ६ : ३६ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति