२०८२, १२ पुस शनिबार

महाभारत राष्ट्रपति रनिङ शिल्डको उपाधि जनकल्याण माविलाई

महाभारत राष्ट्रपति रनिङ शिल्डको उपाधि जनकल्याण माविलाई


धुलिखेल, ४ फागुनः काभ्रेको महाभारत गाउँपालिकामा १२ औं राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो अध्यक्ष कप प्रतियोगिता सकिएको छ । फागुन एक गतेबाट चलेको प्रतियोगिता आइतबार सकिएको हो ।

प्रतियोगितामा वडा नम्बर ८ को जनकल्याण माध्यामिक विद्यालय ३२ अंक बटुल्दै नगद ५० हजार पुरस्कार सहित पहिलो भएको छ । त्यसैगरी वडा नम्बर १ को गोकुले माध्यमिक विद्यालय २२ अंकका साथ ४० हजार पुरस्कार सहित दोस्रो भएको छ ।

त्यस्तै वडा नम्बर ५ को ग्रामोन्नती माध्यमिक विद्यालयले १५ अंक ल्याएर तेस्रो भएको छ । उसले ३० हजार नगद पुरस्कार प्राप्त गरेको पालिकाका प्रवक्ता रविन मोक्तानले जानकारी दिए । प्रतियोगीतामा कवड्डी, भलिबल, लङ जम्प, हाई जम्प, २ सय र ३ सय मिटर दौड, ज्याब्लीङ थ्रो लगायतका ११ ओटा बिधाका खेलमा पालिकाभित्रका ७ ओटा माध्यमिक विद्यालयका विद्यार्थी सहभागि भएका थिए ।

बिजेता खेलाडीलाई गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले आइतबार नै पुरस्कार बितरण गरेको प्रवक्ता मोक्तानले बताए ।

प्रकाशित मिति : २०७६, ४ फाल्गुन आईतबार  ७ : ३४ बजे

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते

अमरगढी । जिल्लाको रामपुरमा शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेनजी आन्दोलनपछि चार महिनासम्म बस्न

आज शनिबार, शनि देवको पूजा-आराधनामा श्रद्धालु

काठमाडौं । आज शनिबार परेकाले देशभर शनि देवको पूजा–आराधना गर्ने

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको