२०८३, १५ श्रावण शनिबार

सिन्धुपाल्चोकको गुम्बामा एक बालक गम्भीर बिरामी, बिज्ञ टोली अझै पुगेन

सिन्धुपाल्चोकको गुम्बामा एक बालक गम्भीर बिरामी, बिज्ञ टोली अझै पुगेन


धुलिखेल, १ फागुनः सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ मा केहिदिन यता फैलिएको रुघा, खोकी र ज्वरोका कारण एक बालक गम्भीर बिरामी गरेका छन् । बुधबार  चिकित्सकको सम्पर्कमा गम्भीर बिरामी भएका दुई जना बालक आएका थिए ।

गम्भीर दुई बालक मध्ये एक जना भने उपचार पछि सामान्य अवस्थामा फर्किएको गुम्बा सामुदायिक स्वास्थ्य इकाई प्रमुख अहेब हिक्मत बिसीले जानकारी दिए । गम्भीर बिरामी ति बालकलाई थप उपचारका लागि चिकित्सहरु अन्यत्रै जान पठाएपनि नमानेको अहेब जिसीले बताए ।

अहिले जरबिरे प्राथमिक स्वास्थ्य चौकीका डाक्टर, सामुदायिक स्वास्थ्य इकाई प्रमुख अहेब हिक्मत बिसी, गुम्बा स्वास्थ्य चौकीका प्रमुख र पालिकाका स्वास्थ्य स्वास्थ्य संयोजक अनिल साउदको टोली उपचारमा खटिएको छ । गुम्बा सामुदायिक स्वास्थ्य इकाइको सेवा क्षेत्रभित्र कम्तिमा ३५ सय मानिस रहेको बताइएको छ । २ सय ९० जनाको उपचार गरिएको छ । त्यसमा कतिपय दोहोरो जाँचका लागि पनि आएको सामुदायिक स्वास्थ्य इकाई प्रमुख बिसीले बताए ।

ठाउँ अभावमा चिकित्सकको निगरानीमा राखेर उपचार गर्न समेत समस्या भएको छ । सामुदायिक स्वास्थ्य इकाइमा राखेर उपचार गर्न पुग्ने ठाउँ छैन् । बिरामीको चाप निकै बढ्दो छ ।

यसैबीच बुधबार साझँ नै पुग्ने भनेको विज्ञ टोली अहिलेसम्म पनि पुगेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डौमा पत्रकार सम्मेलन गरेर बुधबार साझँ नै विज्ञ टोली पुग्ने बताएको थियो । तर अहिलेसम्म नपुगेको हो ।

प्रकाशित मिति : २०७६, १ फाल्गुन बिहीबार  ९ : २५ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने