२०८३, ९ आश्विन शनिबार

तेमाल प्रवेश गर्ने मुख्यद्वार (फोटो फिचर)

तेमाल प्रवेश गर्ने मुख्यद्वार (फोटो फिचर)


धुलिखेल, २६ माघ काभ्रेको तेमाल गाउँपालिकामा प्रवेश गर्ने प्रवेशद्वारको उद्घाटन गरिएको छ । नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाको संगमस्थल वडा नम्बर ५ कालिमाटीमा निर्माण गरिएको प्रवेशद्वारको आइतबार उद्घाटन गरिएको हो । तेमाल प्रवेशद्वारको उद्घाटन श्याल्पा तेन्जेङ रेम्पोर्छे र पवनश्री ९ औं अवतारी लामागुरुले गरेका हुन् ।

२०७५ सालबाट निर्माण शुरु गरिएको प्रवेशद्वारका लागि गाउँपालिकाले १५ लाख रुपैया बजेट बिनियोजन गरेको थियो । प्रवेशद्वारमा बौद्ध धर्मवलम्बीहरुको पहिचान झल्कने अष्ठमंगल, खोर्लो, बुद्धबाणीहरु लेखिएका छन । तेमालमा दैनिक दुईसयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक घुम्न पुग्ने र प्रवेशद्वार मार्फत नै तेमाललाई चिनाउन मद्दत पुग्ने गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले बताए । ‘तेमाल गाउँपालिकाको मुख्य सडकमा प्रवेशद्वार बनाउनुको खास कारण भनेको कतिपय पुग्न नसक्ने पर्यटकहरुलाई पनि यहिबाटै जानकारी दिनेनै हो, उनले भने ‘यो हाम्रो चिरानी हो, हामीले तेमालको साँस्कृतिलाई सहि ढंगले उपभोग गर्नैपर्छ ।’

पालिकाका उपाध्यक्ष दुर्गामाया तामाङले तेमाललाई पर्यटकीय रुपमा विकास गर्न स्थानीय कलासंस्कृति प्रदर्शन गर्र्नेे र घरबास (होमस्टे) व्यवस्थापनमा लाग्ने बताइन । ‘साँस्कृतिक रुपमा हामी धेरै धनी छौँ, हामीले यसलाई आयआर्जनको स्रोत बनाउनै सकेनौँ, उनले भनिन ‘हामीभित्रको सम्भावनालाई जबसम्म पहिचान गरेर बाहिर ल्याउन सक्दैनौँ तबसम्म सोचे जस्तो समृद्धि, उन्नति र सफलता हात पार्न सक्दैनौ, त्यसले पालिकाले सबैलाई मान्य हुने र साँस्कृतिको उजागर हुने ठोस योजना बनाउँछ ।’

प्रकाशित मिति : २०७६, २६ माघ आईतबार  ७ : ०३ बजे

बुडोल साकोसको वित्तीय स्वास्थ्य परीक्षण, ऋणदेखि तरलता र पूँजीकोषसम्म नियामकको निगरानी

काभ्रे । बचत तथा ऋण सहकारीको वित्तीय कारोबारमाथि नियामकीय निगरानी

इरानको अमेरिकालाई कडा सर्त : सम्झौता कार्यान्वयन भए ७ दिनमै होर्मुज स्ट्रेट खुल्ने

काठमाडौं । इरानले अमेरिकासमक्ष नयाँ प्रस्ताव राख्दै आवश्यक सर्तहरू पूरा

संयुक्त राष्ट्रसंघको महासभा सकेर प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र

नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानसामु १५०

‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा