२०८३, १२ आश्विन मंगलबार

लिसंखु-पाखर गाउँपालिकाको ३ वटा वडामा निःशुल्क आँखा शिविर

लिसंखु-पाखर गाउँपालिकाको ३ वटा वडामा निःशुल्क आँखा शिविर


धुलिखेल, २३ माघः सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाले तीन वडामा निःशुल्क आँखा शिविर कार्यक्रम सकाएको छ । पालिकाले सोमबार वडा नम्बर १ ठूलोधादिङ, मंगलबार वडा नम्बर २ लिसंखु र हिजो वडा नम्बर ३ वाफलमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो ।

तीन वटै वडाको शिविरमा ३ सय ८० जनाले आँखा परीक्षण गराएका थिए । ती मध्ये ४८ जनामा मोतियाविन्दुको समस्या देखिएको पालिकाका स्वास्थ्य संयोजक राजु बस्नेतले जानकारी दिए । २८ जनालाई भने मोतिया विन्दुको अप्रेसनका लागि बिहीबार बनेपा स्थित रेयुकाई एईको मासुनागा अस्पताल पठाइएको छ ।

पालिकाले यसअघि वडा नम्बर ४ को सिक्रेमा पुस ६ गते रेयुकाई अस्पतालकै प्राविधिक सहयोगमा निःशुल्क आँखा विशिर आयोजना गरेको थियो । बाकी रहेका तीन वटा वडामा भने अर्को महिना आँखा शिविर हुने स्वास्थ्य संयोजक बस्नेतले बताए । पालिकामा ७ वटा वडा रहेका छन् ।

प्रकाशित मिति : २०७६, २३ माघ बिहीबार  ६ : ३१ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय