२०८३, १५ आश्विन शुक्रबार

बैतडीका प्रहरी जीर्ण भवनमा

बैतडीका प्रहरी जीर्ण भवनमा


बैतडी, २४ साउन:आफ्नै भवन नहुँदा जिल्लाका विभिन्न स्थानका प्रहरी चौकी वर्षात्को समयमा पानी चुहिने र जीर्ण भवनमा बस्न बाध्य छन् । भाडाका कच्ची घरमा रहेका प्रहरी भवनमा पानी चुहिने समस्या रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो । यहाँका १९ प्रहरी चौकी भाडाको भवनमा छन् । उहाँले भन्नुभयो, “भाडामा लिएका घर पनि धेरैजसो जीर्ण अवस्थामा छन् ।”

सदरमुकाम नजिकैका बाराकोटा, थालिगडा, सतबाँझ, नागार्जुन, खोचलेक, गोकुलेश्वर, कुलाउ, शंकरपुर, रोडीदेवल, कुस्मौदघाट, महाकाली, हल्दुविनायक, शिवलिंग र धर्मघाट प्रहरी चौकी भाडाको भवनमा रहेको उक्त कार्यालयले जनाएको छ ।आफ्नै भवन नहुँदा कुनै ब्यक्तिलाई हिरासतमा राख्दासमेत भवन अभावमा आफैसँग राख्नुपर्ने बाध्यता रहेको सम्बद्ध प्रहरीको गुनासो छ ।
-रासस

प्रकाशित मिति : २०७५, २४ श्रावण बिहीबार  ८ : ०८ बजे

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र

१६६ वटा विधेयक संसदमा दर्ता गर्ने सरकारको लक्ष्य : कानुनमन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले चालु

अमेरिकी सैन्य फिर्तीको इराक आयाम

अमेरिकाले सन् २००३ मा सद्दाम हुसेनको शासनसत्ता अन्त्य गर्ने र

काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन

वेस्टर्न युनियनले ल्यायो ‘यो दशैं म छु सँगै’ अभियान : भाग्यशालीलाई पाँच लाख पुरस्कार

काठमाडौं । नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर क्रस–बोर्डर मुद्रा स्थानान्तरण