२०८३, ५ कार्तिक बिहीबार

काठमाण्डौ विश्वविद्यालयको पठनपाठन सुचारु, माग भने पुरा भएन

काठमाण्डौ विश्वविद्यालयको पठनपाठन सुचारु, माग भने पुरा भएन


धुलिखेल, १४ माघः झण्डै एक महिनादेखि बन्द रहेको धुलिखेल स्थित काठमाण्डौ विश्वविद्यालयको पठनपाठन सुचारु भएको छ । केयुमा मंगलबारदेखि पठनपाठन सुचारु भएको हो । विभिन्न माग राख्दै केयु प्राध्यापक संघ र कर्मचारी संघले पठनपाठन ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए ।

तर हिजो बसेको केयुको विशेष सभामा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले पठनपाठन अवरुद्ध नगर्न र मागका बारे छलफल गर्ने बताएपछि पठनपाठन सुचारु भएको प्राध्यापक संघका अध्यक्ष वेदमणि दाहालले जानकारी दिए । अर्को सभा पुनः माघ २१ गते बस्दैछ । उक्त सभामा आफुहरुको माग सम्बोधन हुने दाहालले बताए । ‘कुलपति भनेको विश्वविद्यालयको अभिभावक हो, सभामा उहाँले पठनपाठन अवरुद्ध नगर्न र मागको बारे छलफल गर्ने बताउनुभएको छ, दाहालले भने ‘कुलपतिले माग उपर छलफल गर्ने आश्वासन दिनुभएको छ, अविश्वास त हामी पनि गर्न त मिलेन नि ।’

यसअघि पनि काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ र काठमाडौं विश्वविद्यालय कर्मचारी संघले गत साउन २३ गते देखि पेशागत अधिकार सम्वन्धि चार बुँदे माग राखी सुरु गरेको आन्दोलन ४० दिन लामो आन्दोलन गरेका थिए ।

प्रकाशित मिति : २०७६, १४ माघ मंगलबार  ६ : ३४ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा