२०८३, ९ श्रावण आईतबार

तेमालमा अध्यक्षकप फुटबल आगामी २३ देखि २५ गतेसम्म

तेमालमा अध्यक्षकप फुटबल आगामी २३ देखि २५ गतेसम्म


धुलिखेल, ७ माघः काभ्रेको तेमाल गाउँपालिकामा गत ३ देखि ५ गतेसम्म निर्धारित गरिएको अध्यक्षकप फूटबल प्रतियोगिता आगामी २३ देखि २५ गतेसम्म हुने भएको छ । हिजो भएको गाउँपालिकाको ३२ औं बैठकले अध्यक्षकम फूटबल प्रतियोगिता सम्बन्धी यस्तो निर्णय लिएको हो ।

माघ ३ देखि ५ गतेसम्म हुने भनिएको फूटवल प्रतियोगिता वर्षात र चिसो मौसमका कारण स्थागित गरिएको थियो । मौसमका कारण खेल स्थगित गरिएको र माघको तस्रो साता अध्यक्षकप फूटबल प्रतियोगिताको आयोजना गरिने पालिकाका प्रवक्ता ज्ञान बहादुर लामाले जानाएका छन् । प्रतियोगिता समापनका अवसरमा सार्क गेममा पदक विजेताहरुलाई सम्मान गरिने कार्यक्रम समेत तय गरिएको प्रवक्ता लामाले बताएका छन् ।

उनकाअनुसार गोल्डमेडल ल्याउनेलाई नगद ७५ हजारले सम्मान गरिनेछ भने काष्य पदक विजेतालाई २५ हजार नगद रहित सम्मान गरिने कार्यक्रम रहेको छ । तेमाल गाउँपालिकामा स्थायी बासोबास भएका तेज तामाङले सार्क फूटबलमा गोल्डमेडल हात पारेका छन् भने विनिता ब्लेनले फरक खेलमा काष्यपदक जितेकी छिन् ।

यसैबीच तेमाल गाउँपालिकाको ३२ औं बैठकले अध्यक्षकप फूटबल कप प्रतियोगिता समापन भएको भोलीपल्ट तेमाल प्रवेशद्वारको उद्घाटन गरिने कार्यक्रम तय गरेको छ । तेमाल डाँडाको कोटतेमाल कटेपछि आउने कालीमाटीमा तेमाल प्रवेशद्वारको निर्माण गरिएको छ । प्रवक्ता लामाका अनुसार अगामी २६ गते प्रवेशद्वारको उद्घाटन नवौं अवतारी लामा गुरु रेम्पोछेबाट गरिनेछ ।

प्रकाशित मिति : २०७६, ७ माघ मंगलबार  ६ : ५८ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक