२०८३, २२ जेष्ठ शनिबार

इको हिमालले काभ्रेको मण्डनदेउपुरमा कार्य क्षेत्र विस्तार गर्दै

इको हिमालले काभ्रेको मण्डनदेउपुरमा कार्य क्षेत्र विस्तार गर्दै


धुलिखेल, १९ पुसः काभ्रेको मण्डनदेउपुर नगरपालिकामा कार्यरत इको हिमाल नेपालले आफ्नो कार्यक्षेत्र थप बढाउने भएको छ । नगरपालिकाको वडा नं १०, ११, १२ र भुम्लु गाउँपालिकाको वडा नं ९ मा सञ्चालन गरेको ग्रामीण शिक्षा सहयोग कार्यक्रमको कार्यक्षेत्र बढाउन लागिएको हो ।

दोस्रो चरणको कार्यक्रम नगरपालिकाको वडा नम्बर १ देखि ९ सम्म सञ्चालन हुनेछ । दोस्रो चरणमा गरिने नयाँ कार्यक्रमका बारे शुक्रबार नगरपालिकाका उपप्रमूख निर्मला शाहिको उपस्थितिमा छलफल समेत गरिएको छ ।

दोस्रो चरणमा पनि स्वआर्जित छात्राबृत्ति, किशोरकिशोरीमा यौन तथा प्रजनन स्वाथ्य सम्बन्धी चेतना, क्षमता अभिवृद्धिसँगै रेडियो कार्यक्रम समावेश गरिएको छ । यसैगरी डेडिथुम्का माध्यामिक विद्यालय, ब्रमायणी माध्यामिक विद्यालय र तपेश्वर माध्यमिक विद्यालयमा नयाँ भवन समेत निमार्ण हुने भएको छ ।

प्रकाशित मिति : २०७६, १९ पुस शनिबार  ११ : ०९ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति