२०८३, १९ असार शनिबार

काभ्रेको द्धारपालेश्वर माविमा चोरीको विद्यूत, ठूलो परिमाण सामग्री बरामद

काभ्रेको द्धारपालेश्वर माविमा चोरीको विद्यूत, ठूलो परिमाण सामग्री बरामद


रवि धिताल, धुलिखेल, १५ पुसः काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ३ मा रहेको द्धारपालेश्वर माविबाट नेपाल विद्यूत प्राविधिकले ठूलो परिमाणमा सामग्री बरामद गरेको छ ।

विद्यूत चोरी गरी सञ्चालन भइरहेका सामग्री बरामद गरिएको नेपाल विद्यूत प्राधिकरण काभ्रे वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार १५ वटा कम्प्युटर, वेल्डिङ मेसिन १ थान, ड्रील मेसिन १ थान, ग्रेन्डर मेसिन १ थान, फोटो कपी मेसिन १ थान, मिटर बक्स १ थान र १५ वटा बल्ब नियन्त्रणमा लिइएको हो ।

वितरण केन्द्रले विद्यूत चुहावट नियन्त्रण गर्न जिल्लाको विभिन्न ठाउँमा छड्के जाँच अभियान चलाइरहेको केन्द्रका प्रमूख रञ्जन राज गुरुङले जानकारी दिए । विद्यालयमा बन्दै गरेको नयाँ भवनमा समेत डाइरेक्ट लाइनबाट हुकिङ गरी चोरीकै विद्यूत मार्फत काम भइरहेको थियो ।

विद्यालयमा विद्यूत मिटर जडान गरेपनि मिटरको युनिट नबढ्ने गरी चोरी गरी कम्प्युटर लगायतका विद्यूतीय सामग्री चलाइरहेको सुचनाको आधारमा गएको टोलीले सामान बरामद गरेको केन्द्रका सुचना अधिकृत अशोक लोहनीले बताए ।

बरामद गरिएको कम्प्युटर लगायतका सामान भने विद्यालयमै सिल गरेर राखिएको छ । मिटर बक्स, वेल्डिङ मेसिन, ड्रील मेसिन, ग्रेन्डर मेसिन लगायतका सामान भने बनेपा ल्याएको सुचना अधिकृत लोहनीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, १५ पुस मंगलबार  ७ : १४ बजे

कर्णालीमा बेपत्ता गाडीको खोजी तीव्र, सोनार क्यामरा र गोताखोर परिचालन

काठमाडौं । दैलेखस्थित कर्णाली नदीमा खसेर बेपत्ता भएको यात्रुवाहक गाडी

आज पनि मनसुनी सक्रिय, चार प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि

ओभरटाइममा ब्रेक लगाउँदै आयल निगम, प्रशासनिक कर्मचारीको सुविधा कटौती

काठमाडौं । नेपाल आयल निगममा वर्षौंदेखि विवादको विषय बन्दै आएको

बालेन सरकारको सय दिन असफल, संविधानदेखि अर्थतन्त्रसम्म सरकार चुकेको एमालेको निष्कर्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बालेन शाह नेतृत्वको

बैतडीमा यात्रुवाहक बस दुर्घटना, उद्धार कार्य जारी

बैतडी । धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो