२०८३, ९ श्रावण आईतबार

राजाका पूर्व ज्वाईँले गरे आत्महत्या

राजाका पूर्व ज्वाईँले गरे आत्महत्या


नर्वेका राजाका पूर्व ज्वाईँको निधन भएको छ । विभिन्न उपन्यास तथा नाटकका लेखक समेत रहेका नर्वेकी राजकुमारी मार्था लुइसका पूर्व पति अरी बेहनको ४७ वर्षको उमेरमा निधन भएको हो।

अरी र राजकुमारी मार्थाको सन् २००२ मा विवाह भएको थियो । तर उनीहरुको वैवाहिक सम्बन्ध दुई वर्षअघि अर्थात सन् २०१७ मा टुंगिएको थियो । अरीका प्रवक्ताले नर्वेको एनटिबी एजेन्सीलाई दिएको जानकारी अनुसार अरीले आत्महत्या गरेका हुन् ।

नर्वेका राजा–रानीले एक वक्तव्य जारी गरेर अरीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनी लामो समय राजपरिवारको महत्वपूर्ण सदस्य रहेको र उनको स्मृति जहिले पनि राम्रो व्यक्तिका रुपमा रहने वक्तव्यमा उल्लेख गरिएको छ ।

डेनमार्कमा जन्मिएका अरी र मार्थाको वैवाहिक जीवन विवादहरुले भरिएको थियो । अरीले लस भेगासमा लागुऔषध लिँदै गरेकी यौनकर्मी महिलासँग पार्टी गर्दै गरेको भिडियो सार्वजनिक भएको थियो । अरी र मार्थाका तीन सन्तान छन्। उनीहरु सन् २०१६ देखि अलग बस्न थालेका थिए र सन् २०१७ मा सम्बन्ध विच्छेद भएको थियो ।

प्रकाशित मिति : २०७६, १० पुस बिहीबार  ८ : १९ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक