२०८२, ४ पुस शुक्रबार

कार्ययोजना पेश गर्न नेविसंघलाई निर्देशन

कार्ययोजना पेश गर्न नेविसंघलाई निर्देशन


काठमाडौँ, २३ साउन: नेपाली काँग्रेसले भातृसंस्था नेपाल विद्यार्थी संघलाई महाधिवेशन सम्पन्न गर्न सकिने आधारसहितको कार्ययोजना पेश गर्न निर्देशन दिएको छ । नेविसंघको आन्तरिक संगठन र महाधिवेशनलाई सहजीकरण गर्न काँग्रेसले गठन गरेको संयन्त्रअनुसार निर्वाचित भएको मितिले आगामी भदौ २ गते केन्द्रीय कार्यसमितिको कार्यकाल पूरा हुँदैछ ।

महाधिवेशन हुन सक्नेगरी पर्याप्त तयारी नभइसकेको सन्दर्भमा संघको विधानमा उल्लेखित प्रावधानअनुसार विशेष परिस्थितिमा तीन महिना थप गर्न सकिने व्यवस्था छ । काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा रहेको संयन्त्रले सो प्रावधान लागू गर्नुपर्ने आवश्यकताअनुरुप कार्ययोजना पेश गर्न आज निर्देशन दिएको पार्टीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २३ श्रावण बुधबार  ६ : ५० बजे

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा