२०८२, १२ पुस शनिबार

रजत पदक विजेता काभ्रेकी चेली चन्चलालाई रेडियो नमोबुद्धद्धारा सम्मान

रजत पदक विजेता काभ्रेकी चेली चन्चलालाई रेडियो नमोबुद्धद्धारा सम्मान


धुलिखेल २७ मंसिर १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेको व्यक्तिगत महिला एकल कातातर्फ रजत पदक जितेकी काभ्रे पाँचखालकी चन्चला दनुवारलाई रेडियो नमोबुद्धले सम्मान गरेको छ ।

१३ औं सागमा नेपाललाई पहिलो पदक दिलाएकी चन्चलालाई बिहीबार रेडियोका स्टेशन म्यानेजर हिरामान लामाले खादा ओढाएर सम्मान गरेका हुन । धुलिखेल स्थित रेडियो नमोबुद्धको कार्यालयमा स्वागत गर्दै लामाले चन्चलाले दिलाएको पदकले काभ्रेसँगै सिँगो देशको शान उच्च बनाएको बताए । उनले भावीमा अझ मेहेनतका साथ अघि बढन र काभ्रेली खेलाडीले काभ्रे जिल्लाको नाम खेलकुद मार्फत विश्वसामु चिनाउनेमा आफु विश्वस्त रहेको बताए ।

रेडियो नमोबुद्धसँग कुरा गर्दै उनले अन्तर्राष्ट्रिय खेलकुदमा पदक पाउँदा आफु निकै खुशी भएको भन्दै अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा थप तयारीका साथ सहभागि हुने बताइन । ‘आफ्नो लागि भन्दा पनि देशको लागि खेल्ने हो, उनले भनिन् ‘राज्यले पनि खेलकुदलाई उच्च प्राथमिकता र सम्मान गर्नुपर्छ, जसले खेलाडीमा उत्साह थपिन्छ ।’

सातदोबाटोस्थित कराते हलमा गएको सोमबार भएको फाइनलमा चन्चला पाकिस्तानकी खेलाडीसँग पराजित भएकी थिइन । चन्चलाले फाइनलमा २४.६२ अंक जोडिन । स्वर्ण जितेकी पाकिस्तानकी साइदाले २५.२८ अंक प्राप्त गरिन् । यस स्पर्धामा बंगलादेशले कास्य जितेको छ ।

प्रकाशित मिति : २०७६, २७ मंसिर शुक्रबार  ८ : ३९ बजे

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते

अमरगढी । जिल्लाको रामपुरमा शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेनजी आन्दोलनपछि चार महिनासम्म बस्न

आज शनिबार, शनि देवको पूजा-आराधनामा श्रद्धालु

काठमाडौं । आज शनिबार परेकाले देशभर शनि देवको पूजा–आराधना गर्ने

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको