२०८२, १३ फाल्गुन बुधबार

इरानले भन्यो, ‘आर्थिक प्रतिबन्ध फुकुवा गरे अमेरिकासँग वार्ता गर्छौ’

इरानले भन्यो, ‘आर्थिक प्रतिबन्ध फुकुवा गरे अमेरिकासँग वार्ता गर्छौ’


तेहरान, १८ मंसिर : इरानी राष्ट्रपति हस्सन रौहानीले संयुक्तराज्य अमेरिकाले आफूहरु विरुद्ध लगाएको “अवैधानिक” आर्थिक प्रतिबन्धहरु फुकुवा गरेमा आणविक वार्ता गर्न तयार रहेको बताएका छन् ।

राज्यद्वारा सञ्चालित टेलिभिजनमा बुधबार अन्तर्वार्ता दिँदै राष्ट्रपति रौहानीले इरान सम्बन्धी अमेरिकी नीतिहरुमा फेरबदल आवश्यक रहेको बताए ।

राष्ट्रपति रौहानीले इरानमाथि लगाइएका सबै प्रतिबन्ध हटाउन संयुक्तराज्य अमेरिकाले पहिलो अग्रसरता देखाउनुपर्ने पटक पटक आग्रह गरिरहनु भएको छ ।

“सकारात्मक परिवर्तनको साँचो वासिङ्टनको हातमा छ ।” उनले संयुक्तराज्य अमेरिकालाई सबैभन्दा ठूलो चिन्ताको विषयका रुपमा रहेको आणविक बम बनाउने कुरा इरानले पहिल्यै त्यागिसकेको पनि बताए ।

“यदि अमेरिकी सरोकार सही हो भने यसलाई हामीले पहिल्यै सम्बोधन गरिसकेका छौं । इरानी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले जारी गरेको एउटा आदेशबाट यो कार्यान्वयनमा आइसकेको छ ।” खामेनीले सन् २००३ मै आणविक हतियार नबनाउने बारेमा विशेष आदेश ९फत्वा० जारी गरिसकेको इरानी दाबी छ ।

“त्यसर्थ पहिलो कदम अमेरिकाले नै लिनु पर्दछ । यो कदम बेगर यो गाँठो खुल्दैन,” राष्ट्रपति रौहानीले भने, । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष सन् २०१५ को बहुपक्षीय आणविक सम्झौताबाट एकपक्षीय रुपमा अलग हुँदै इरान विरुद्ध कडा प्रतिबन्धहरु घोषणा गरेका थिए । रासस/एएफपी

प्रकाशित मिति : २०७६, १८ मंसिर बुधबार  २ : ३१ बजे

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको