२०८३, ७ भाद्र सोमबार

ब्लड प्रेसरको बिमारीका लागि गोलभेडाको सेवन फाइदाजनक

ब्लड प्रेसरको बिमारीका लागि गोलभेडाको सेवन फाइदाजनक


गोलभेडा हाम्रो स्वास्थको लागि विभिन्न किसिमले फाइदाजनक छ । यसको विभिन्न स्वास्थ सम्बन्धी लाभहरु पनि छन् । हाइपर टेन्सनका गम्भीर विमारी तथा मुटु सम्बन्धी समस्याहरुबाट पीडित व्यक्तिहरुले आफ्नो खानामा गोलभेडा समावेश गर्दा ती समस्याहरुको जोखिम कम गर्न सकिने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

त्यसैले आज हामी गोलभेडाको सेवन गरेर कसरी ब्लड प्रेसरको समस्यालाई कम गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिँदैछौ ।

अमेरिकाको हार्ट जर्नलमा प्रकाशित एउटा अध्ययन अनुसार गोलभेडामा पर्याप्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ । जुन व्यक्ति गोलभेडाको नियमित सेवन गर्छन् । उनीहरुमा ब्लड प्रेसरको समस्या कम हुन्छ ।

गोलभेडा कसरी लाभकारी ?

गोलभेडामा भिटामिन-इ प्रचुर मात्रामा पाइन्छ । त्यसबाहेक टमाटर पोटासियमको पनि महत्वपूर्ण स्रोत हो । गोलभेडाले शरीरमा फ्लूइड इलेक्ट्रोलाइट सन्तुलन बनाइराख्न सहयोग प्राप्त हुन्छ । यसका साथै ब्लड प्रेसर पनि नियन्त्रणमा रहन्छ ।

त्यसैले यदि तपाईं हाइपर टेन्सनको बिमारी हुनुहुन्छ भने टमाटरको धेरै सेवन गर्नुपर्छ । तपाईं गोलभेडालाई सलाद अथवा तरकारीमा मिसाएर पनि खान सक्नुहुन्छ । यसबाहेक तपाईं यसलाई गोलभेडा सूप अथा अचारको रुपमा पनि खान सक्नुहुनेछ ।

गोलभेडामा लाइकोपिन र बिटा केरोटीन जस्ता केरोटिनइड हुन्छ । जुन शक्तिशाली एन्टिअक्सिडेन्ट हो भन्ने कुरा तपाईंलाई थाहा नहुन सक्छ । गोलभेडाको सहयोगले शरीरमा फ्रि रेडिकल्स निस्क्रिय भएर सजिलै फ्लस पनि हुन्छ ।

यसले केवल एथेरनेस्लेरोसिसको प्रगति बिस्तारै हुने मात्र होइन । अक्सिडेटिव स्ट्रेस पनि कम हुन्छ र ब्लड प्रेसरलाई नियन्त्रणमा राख्छ ।

प्रकाशित मिति : २०७६, १५ मंसिर आईतबार  १ : ०० बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन