२०८३, ५ आश्विन मंगलबार

जेठीले गरिन सौताको हत्या

जेठीले गरिन सौताको हत्या


सर्लाही, २८ कात्तिक:सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरकी एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । शेख बलालकी जेठी श्रीमती ३५ वर्षीया कोरैसा खातुनले २२ वर्षीया सौता खुर्सिदा खातुनको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पराल काट्ने फलामको गरास (धारिलो हतियार) ले हत्या गरी झोलामा हालेर फाल्न लागेको अवस्थामा मृतक खुर्सिदाको शव बरामद भएको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो । “खुर्सिदाको घाँटी, टाउको, छाती र हातमा गहिरो काटिएको छ । खुर्सिदाको विभत्स तरिकाले हत्या गरिएको हो”, उपरीक्षक भट्टराईले भन्नुभयो ।

घरमा कोही नभएको अवस्थामा कोरैसाले खुर्सिदाको हत्या गरेकी हुन् । जेठीको सन्तान नभएपछि श्रीमान् बलालले तीन महिना पहिले मात्र खुर्सिदासँग बिहे गरेका थिए । तीन दिन पहिले मात्र बलाल विदेश गएको मौका छोपी जेठीले कान्छीको हत्या गरेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिनुभयो ।

हत्या गरेर बोरामा हाली घर नजिकै फालेको अवस्थामा उनको शव बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्यामा प्रयोग गरिएको हतियार लुकाएर राखिएको अवस्थामा प्रहरीले बरामद गरेको छ । हत्यामा संलग्न कोरैसालाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०७६, २८ कार्तिक बिहीबार  ९ : ४१ बजे

बसमा आगलागी : मृतकको पहिचान खोज्दै प्रहरी, आफन्त अझै सम्पर्कमा आएनन्

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका

मुगुमा आयोडिनयुक्त नुनको ढुवानी र भण्डारण

मुगु । मुगुको सदरमुकाम गमगढीमा स्थलमार्गबाट ल्याइएको आयोडिनयुक्त नुन गोदाममा

भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान

भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश 

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको