२०८३, ५ आश्विन मंगलबार

विप्लब काभेकी सेक्रेटरी थोकरमाथि टावर आगजनी मुद्दामा अनुसन्धान

विप्लब काभेकी सेक्रेटरी थोकरमाथि टावर आगजनी मुद्दामा अनुसन्धान


काभे २४ कात्तिक  : प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको काभ्रे जिल्ला सेक्रेटरी सुन्तली थोकर उपर एनसेल टावर आगजनी गरेको आरोपमा प्रहरीले असन्धान थालेको छ ।

कात्तिक ७ गते आफ्नै घरबाट गिरफ्तार भएकी थोकर अहिले पनि जिल्ला प्रहरी कार्यालय धुलिखेलकै हिरासतमा रहेकी छन् । उनी विरुद्ध बम विष्फोट आरोपमा पनि अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रमूख जयराम सापकोटाले बताए । ‘अहिले एनसेलको टावर आगजनी आरोपमा अनुसन्धान भइरहेको छ, प्रहरी प्रमूख सापकोटाले भने ‘थोकर विरुद्ध बम विष्फोट गराएको आरोपमा समेत अनुसन्धान हुन्छ ।’ थोकरलाई प्रहरीले ०७५ चैत १० गते काभ्रेको भुम्लु गाउँपालिका–५ सल्लेडाँडामा रहेको एनसेलको बिटिएस टावरमा आगजनी गरेको आरोप लगाएको छ ।

३२ वर्षीया थोकर पार्टीले सेक्रेटरीको जिल्लामा दिएको १२ औँ दिनमै पक्राउ परेकी थिइन् । थोकर यसअघि २०७३ सालमा पनि नयाँगाउँदेउपुरमा रहेको एनसेल टावर आगजनीमा संलग्न भएको आरोपमा १२ दिन हिरासतमा परेकी थिइन ।

यसैबीच अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रतिनिधि हिरामान लामा पक्राउ परेकी विप्लब नेतृत्वको काभ्रे सेक्रेटरी सुन्तली थोकरको पछिल्लो अवस्थाका बारे जानकारी लिएका छन् । थोकरसँग प्रत्येक भेटेर लामा हिरासतमा बस्दाको अवस्थाका बारे जानकारी लिएका हुन् ।

भेटमा सेक्रेटरी थोकरले हिरासतभित्रको अवस्था सामान्य रहेको बताएको इन्सेक प्रतिनिधि लामाले बताए । ‘सुत्नका लागि ओढ्नेओछ्यान बाहेक अन्य सबै अवस्था सामान्य छ, थोकरको भनाइ उदृत गर्दै लामाले भने ।

पक्राउ परेकी थोकर माथि अनुसन्धान नसकिएको भन्दै प्रहरीले जिल्ला अदालतबाट २ पटक म्याद थप गरिसकेको छ । कात्तिक २१ गते दोस्रो पटक ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमूख जयराज सापकोटाले बताए ।

प्रकाशित मिति : २०७६, २४ कार्तिक आईतबार  ४ : ४८ बजे

बसमा आगलागी : मृतकको पहिचान खोज्दै प्रहरी, आफन्त अझै सम्पर्कमा आएनन्

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका

मुगुमा आयोडिनयुक्त नुनको ढुवानी र भण्डारण

मुगु । मुगुको सदरमुकाम गमगढीमा स्थलमार्गबाट ल्याइएको आयोडिनयुक्त नुन गोदाममा

भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान

भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश 

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको