२०८३, १८ बैशाख शनिबार

काभ्रेको नमोवुद्ध दाप्चामा दप्पतीको हत्या

काभ्रेको नमोवुद्ध दाप्चामा दप्पतीको हत्या


नमोवुद्ध काभ्रे, कार्तिक १९ । काभ्रेको नमोबुद्ध नगरपालिका ८ दाप्चा तल्लो हटियाका एक दम्पती गए राती आफ्नै घरमा मृत भेटिएका छन् । धारिलो हतियार प्रहार गरिएका ५५ बर्षका श्यामकृष्ण श्रेष्ठ र अन्दाजी ५० बर्षकी उनकी श्रीमती रुकुमाया श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानाएका छन् ।

घटनास्थलमा धारिलो हतियार प्रहार गरी क्षतबिक्षत भएको अवस्थामा दम्पतीलाई प्रहरीले फेला पारेको थियो । हत्यापछि घटनास्थालमा पुगेकोे प्रहरी टोलीले मृतकको शवलाई सिरकले छोपेको अवस्थामा फेला परेको थियो । प्रहरी चौकी श्यामपाटीका इन्चार्ज केशव दर्जीको टोली अहिले घटना भएको स्थानमा खटिएको छ ।

मदिरा सेवनपछि घटना भएको प्रहरी अनुमान छ । प्रहरीका अनुसार घटनास्थलमा बियरका बोतल, गाजा र सुर्तीको धुलो छरिएको अवस्थामा भेटिएका छन् । दम्पतीले आफ्नै घरमा चियापसल संचालन गर्दै आएका थिए । छिमेकीका अनुसार राती पौने आठ बजेसम्म पसल खुल्ला रहेको थियो । मदिरा सेवन गर्न राती अवेर आएकाहरुबीच विवाद भएपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, १९ कार्तिक मंगलबार  ११ : ११ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले