२०८३, ११ बैशाख शनिबार

तेमालका कोही पनि बालबालिका बालअधिकारबाट बञ्चित हुनुपर्ने छैनः पालिका प्रमूख तामाङ

तेमालका कोही पनि बालबालिका बालअधिकारबाट बञ्चित हुनुपर्ने छैनः पालिका प्रमूख तामाङ


धुलिखेल, २९ भदौँ: काभ्रेकाे तेमाल गाउँपालिकाका प्रमूख सलाम सिंह तामाङले आफ्नो पालिकाभित्रका कोही पनि बालबालिका बालअधिकारबाट बञ्चित नहुने बताएका छन् ।

राष्ट्रिय बाल दिवसका अवसरमा तेमालमा आयोजित कार्यक्रममा बोल्दै पालिका प्रमूख तामाङले बालअधिकार सुनिश्चित भए मात्रै भावी नेपालको मार्ग बलियो हुने भन्दै अधिकारसँगै कर्तब्यलाई पनि भुल्न नहुने बताए । ‘पालिकाभित्र बालअधिकार सुनिश्चित गर्न हामी प्रयास गरिरहेका छौँ । कुनै पनि क्षेत्रबाट बालअधिकार हनन हुन दिने छैनौँ, पालिका प्रमूख तामाङले भने ‘बालबालिकालाई हामीले जस्तो वातावरणमा हुर्काउँछौ, उनीहरुले त्यस्तै सिक्ने हो । त्यसैले बाल अधिकारका लागि सबै पक्ष जुट्न आवश्यक छ ।’

पालिका प्रमूख तामाङले कुनै पनि बालबालिकाले शिक्षा पाउनु नैसर्गिक अधिकार भएको भन्दै सरल, सहज र नयाँ प्रविधिबाट सुशूचित शिक्षा प्रणाली पालिकाभित्र विकास गरिने बताए । ‘हामीले हाम्रो नानी बाबुलाई हाम्रै माटो सुहाउँदो शिक्षा दिन सक्यौ भने मात्रै गाउँठाउँको विकासमा उनीहरुको योगदान हुन्छ । स्वदेशमा पढ्ने विदेशमा श्रम गर्न जाने शिक्षाले मुलुक बन्दैन प्रमूख तामाङले भने ‘त्यसकारण स्वदेशमै रोजगारी पाउने शिक्षामा लगानी गर्ने गरी पालिकाले योजना बनाएको छ ।’

पालिकाका उपप्रमूख दुर्गामाया तामाङले घरेलु बालश्रम, बालविवाह, बालहिंसा जस्ता निस्कृष्ट काममा कोही पनि बालबालिका नपार्नका लागि अभिभावक सचेत हुनुपर्ने बताइन । ‘हो हामीले गरिबीलाई कारण देखाउँदै हाम्रा स साना बालबालिकालाई पढ्न नपठाएर काममा मात्रै लगायौँ भने हाम्रो पुस्ताले खेपेको गरिबी कहिल्यै हट्दैन उनले भनिन् ‘शिक्षाले ब्यक्तिको मात्रै होइन सिँगो मुलुकको मुहार उज्यालो बनाउँछ । त्यसमा तेमाल पनि पर्छ । यसका लागि अभिभावक, जनप्रतिनिधि, कर्मचारी, शिक्षक र स्वयम बालबालिकाले चिन्ता र मनन गर्न आवश्यक छ ।’

कार्यक्रममा पालिकाका प्रमूख प्रशासकीय अधिकृत लक्षमण कुइकेलले पछिल्लो समय बालबालिकाहरु यौनजन्य हिंसाबाट पीडित भइरहेको भन्दै त्यस्ता घटना हुनै नदिन समाजका सबै पक्ष लाग्नुपर्ने बताए ।

पालिकाका शिक्षा शाखा प्रमूख भोजकुमार ठकुरीले तेमाल गुरुरेम्पोछेले तपस्या गरेको ठाउँ भएको स्मरण गर्दै बालबालिकालाई सुनिश्चि भविष्यका लागि मेहेनत गर्न जरुरी रहेको बताए । वडा नम्बर ६ का अध्यक्ष लक्ष्मी बहादुर घिसिङले पालिकाको गौरव र सान बढ्ने गरी आफ्नो हरेक क्रियाकलाप अघि बढाउनु पर्नेमा जोड दिए ।

त्यस्तै नारायणस्थान माविका प्रधानाध्यापक दिलकुमार मोक्तानले पालिकाभित्र विद्यालयको भौतिक संरचना राम्रो हुदैँ गएको भन्दै अब शिक्षण सिकाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेतर्फ सोच्न पालिकासँग आग्रह गरे ।

प्रकाशित मिति : २०७६, २९ भाद्र आईतबार  ५ : २१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले