२०८३, २२ जेष्ठ शनिबार

प्रहरी जाँचचौकीमा झडप: सोह्र जनाको मृत्यु, चार घाइते

प्रहरी जाँचचौकीमा झडप: सोह्र जनाको मृत्यु, चार घाइते


२० भदौ (रासस ÷सिन्ह्वा) : अफगानिस्तानको उत्तरी प्रान्त तखारमा प्रहरी जाँचचौकीमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणमा परी कम्तीमा १६ व्यक्तिको मृत्यु भएको छ । तालिबान लडाकू समूहले गरेको आक्रमणपछि सुरक्षाबल र लडाकूबीच भएको झडपमा परी छ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै अन्य चार घाइते भएका छन् ।

दर्काद जिल्लामा भएको यस झडपमा परी आठ तालिबान लडाक्ू मारिनुको साथै अन्य पाँच घाइते भएका छन् । प्रान्तीय सरकारका प्रवक्ता मोहमद जवाल हिज्रीले सिन्ह्वा समाचार समितिलाई उक्त जानकारी दिनु भएको छ । यस प्रान्तको कैयौ पहाडी इलाकामा लुकेर सुरक्षित वासस्थान बनाइरहेका तालिबान लडाकू समूहले बारम्बार सुरक्षा अधिकारी लक्षित आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७६, २० भाद्र शुक्रबार  ५ : ४१ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति