२०८३, १५ आश्विन शुक्रबार

तेमालका बृद्धबृद्धा सम्मानित (फाेटाे फिचर)

तेमालका बृद्धबृद्धा सम्मानित (फाेटाे फिचर)


काभ्रेको तेमाल गाउँपालिकाभित्र पर्ने वडा नम्बर १ र २ का बृद्धबुद्धाहरुलाई सम्मान गरिएको छ । शनिबार तेमाल गाउँपालिकाका प्रमूख सलाम सिंह तामाङ, उपप्रमूख दुर्गामाया तामाङ र कार्यकारी अधिकृत शर्मिला लामिछानेको उपस्थितिमा वडा नम्बर १ का वडाध्यक्ष मान बहादुर श्रेष्ठले ९३ वर्षिय जय लक्ष्मी भण्डारीलाई दोसल्ला र नगद ६ हजार रुपैयाँ दिएर सम्मानको सुरुवात गरेका थिए ।

सम्मान थाप्दै तेमाल गाउँपालिका वडा नम्बर १ का बृद्धबुद्धाहरु

सम्मानित भएपछि भण्डारीले भनिन् ‘बुढेकालमा राज्यले सम्मान गर्यौ, धेरै खुशी लागेको छ ।’ भण्डारी जस्तै वडा नम्बर १ का ५५ जना बृद्धबृद्धा सम्मानित भएको जनचेतना उच्च माविका प्राचार्य ध्रुवराज पाण्डेले जानकारी दिए । २०५१ सालमा ९ महिने सरकार सञ्चालनका बेला एमालेले लिएको बृद्धबृद्धा सम्मान कार्यलाई अनुशरण गर्दै गाउँ गाउँका बृद्धबृद्धालाई सम्मान कार्य सुरु गरिएको भन्दै वडाध्यक्ष श्रेष्ठले यो कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने छ ।

त्यसैगरी वडा नम्बर २ मा ९० जना बृद्धबृद्धा सम्मानित भएका छन् । वि.स १९७७ मा जन्मिएका इन्द्रप्रसाद पन्त र १९८३ मा जन्मिएकी अष्ठमाया माकाँजुलाई दोसल्ला ६ हजार नगद सहित गाउँपालिकाका प्रमूख सलाम सिंह लामा र वडाध्यक्ष तिमाल सिंह तामाङले सम्मान गरेको वडा सदस्य डिल्लीमान तामाङले जानकारी दिए ।

तेमाल गाउँपालिका वडा नम्बर २ मा बृद्धबुद्धा सम्मान कार्यक्रममा सहभागि अतिथी

यसअघि मासिक भत्ता मात्रै थाप्दै आएको र यो सम्मानले थप हौसाला प्रदान गरेको सम्मानित भएका इन्द्रप्रसाद पन्तले बताए । ‘हामीले बृद्धभत्ता मात्रै थाप्दै आइरहेका थियौँ, उनले भने ‘तपाईहरु यसरी बृद्धबृद्धालाई भेट्न आएर सम्मान गर्नुभयो धेरै धेरै धन्यवाद ।’ वडाध्यक्ष तिमाल सिंह तामाङले बृद्धबृद्धा सम्मान कार्यक्रमलाई भाबी दिनमा पनि निरन्तरता दिइने बताए । गाउँपालिकाका प्रमूख समाल सिंह लामाले बृद्धबृद्धालाई सम्मान गर्दै आर्शिवाद थापे । ‘हामीले बृद्धबृद्धा भएका ब्यक्तिहरुको सम्मान गर्नुपर्छ, तपाईहरुले समाजलाई पुर्याएको योगदानको कदर गर्नुपर्छ, उनले भने ‘यस्तो कार्य गाउँपालिकाका अन्य वडाहरुमा पनि गर्नु जरुरी छ ।’

 

प्रकाशित मिति : २०७५, २९ बैशाख शनिबार  ८ : ५२ बजे

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र

१६६ वटा विधेयक संसदमा दर्ता गर्ने सरकारको लक्ष्य : कानुनमन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले चालु

अमेरिकी सैन्य फिर्तीको इराक आयाम

अमेरिकाले सन् २००३ मा सद्दाम हुसेनको शासनसत्ता अन्त्य गर्ने र

काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन

वेस्टर्न युनियनले ल्यायो ‘यो दशैं म छु सँगै’ अभियान : भाग्यशालीलाई पाँच लाख पुरस्कार

काठमाडौं । नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर क्रस–बोर्डर मुद्रा स्थानान्तरण