२०८३, ४ आश्विन सोमबार

रविलाई पाँच दिनको समय थप गर्नुको कुनै तुक छैनः वरिष्ठ अधिवक्ता सुनिल पोखरेल

रविलाई पाँच दिनको समय थप गर्नुको कुनै तुक छैनः वरिष्ठ अधिवक्ता सुनिल पोखरेल


चितवन, ३ भदौ : शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने सहित तीन जनालाई जिल्ला अदालत चितवनले ५ दिनको समय थप गरि अनुसन्धान गर्नका लागि अनुमति दिएको छ ।

आज मात्रै वयान सकेर समय थप गर्ने नगर्ने भन्ने विषयमा भएको वहसपछि अनुसन्धानका लागि अदालतले ५ दिनको समय थप गर्ने निर्णय गरेको हो । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको ईजलासले निर्णय गरेको हो । सरकारका तर्फवाट जिल्ला सरकारी वकिल कार्यालय चितवनका न्यायाधीवक्ता यदुनाथ शर्माले थप अनुसन्धानका लागि १० दिनको समय माग गर्नु भएको थियो । सोको विरोधमा लामिछाने र युवराज कडेंलको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ता सुनिलकुमार पोख्रेल, चुडामणि सापकोटा, अस्मिता कार्कीका तर्फवाट अधिवक्ता नारायण गिरीले वहस गर्नु भएको थियो ।

वहसका क्रममा उहाँहरुले लामिछाने सहित अन्य आरोपितहरु निर्दोष रहेको भन्दै रिहाईका लागि माग गर्नु भएको थियो । यस्तै भिडियोमा पुडासैनीले नाम उल्लेख गरेका न्यूज २४का दीपक वोहोरा सहितका अन्यलाई सरकारी साँचीका रुपमा वोलाउने निर्णय गरेको, भिसेरा रिपोट आउन वाँकी रहेको, पोष्टमाटमको रिपोर्ट हेर्न वाँकी, डोरी किनेको ठाउँको भिडियो र अन्य भिडियोको वैज्ञानीक अनुसन्धान गरिनु पर्ने लगायतका काम वाँकी रहेकाले थप पाँच दिनका लागि समय थपिएको हो ।

तर, सरकारी वकिलले प्रस्तुत गरेको कुनै पनि कारणले लामिछाने र कँडेललाई नियन्त्रणमा लिनुको तुक नरहेको वरिष्ठ अधिवक्ता सुनिल पोखरेलको भनाइ छ । बोहोरालगायतका चितवनमै रहेको, थुनामा राखेर मुद्दा अनुसन्धान गर्ने प्रहरीको अधिकार नभएको र यो अदालतको स्वविवेक भएकाले यसका लागि वस्तुगत आधारको आवयकता रहने अधिवक्ता पोखरेलले बताउनुभयो । पोखरेलले प्रहरीका चार वटै आधारले मानिस थुनामा राखेर अनुसन्धान गर्न नमिल्ने उहाँको तर्क छ ।

प्रकाशित मिति : २०७६, ३ भाद्र मंगलबार  ८ : ४७ बजे

त्रिपुरेश्वरमा बसमा आगलागी, चालक घाइते

काठमाडौं । त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि बसमा आगलागी हुँदा

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको

अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमाले केन्द्रीय कमिटी बैठकअघि रामबाग महलमा नेताहरूको चहलपहल

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकअघि भनीमण्डलस्थित रामबाग

युद्धविरामको सम्भावनाबीच ट्रम्प र जेलेन्स्की न्यूयोर्कमा भेट्दै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर