२०८३, १५ श्रावण शनिबार

‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन

‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन


काठमाडौं, ३ भदौ : प्रदेश ३ को सरकारले एक विद्यालय एक नर्स कार्यक्रम संचालनमा ल्याउने तयारी गरेको छ । पहिलो चरणमा छनौट गरिएका १३ जिल्लाका २० विद्यालयमा यो कार्यक्रम संचालन गरिने प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ। एक विद्यालय एक नर्स कार्यक्रमको तयारी स्वरुप मन्त्रालयले ‘कार्यविधि, २०७५ समेत जारी गरेको छ ।

विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराका साथै स्वस्थ ज्ञान अपनाउन उत्प्रेरित गर्दै स्वास्थ्य सरसफाई र पोषण प्रवर्द्धन गर्न विद्यालयमा नर्स राख्न लागिएको मन्त्रालयले जनाएको छ । हरेक विद्यालयमा नर्स राख्दा त्यसको दीर्घकालीन फाइदा हुने भएकोले पोषण, किशोर÷किशोरको प्रजनन स्वास्थ्यबारे जानकारी हुनुका साथै अभिभावकलाई पनि सचेत गराउन सकिने विश्वास गरिएको छ । विद्यालयको विद्यार्थी संख्याका आधारमा एकभन्दा बढी नर्स पनि राख्न सकिने बताइन्छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा यदुचन्द्र घिमिरेले सुरुवातमा विद्यार्थीको संख्या र विद्यालयको व्यवस्थापन राम्रो भएका २० विद्यालय छनौट गरिएको बताएका छन्। ती विद्यालयमा नर्स भर्ना गर्न छनौट गर्ने काम भइरहेको समेत उनले बताए।
मन्त्रालय, स्थानीय तह र विद्यालयबीच त्रिपक्षीय सम्झौता गरी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत थलिन्द्र पंगेनीले विद्यालय नर्स मार्फत किशोरकिशोरीलाई प्रजनन स्वास्थ्य, महिनावारी, स्वास्थ्य तथा सरसफाईसम्बन्धी परार्मश दिइने बताए।

कार्यक्रमअन्तर्गत परिवार नियोजन, यौन तथा यौनिकता, व्यक्तिगत र वातावरणीय सरसफाई तथा फोहोरमैला व्यवस्थापन सम्बन्धी परार्मश सेवा प्रदान गरिने लक्ष्य लिइएको छ। स्वस्थ ज्ञान, स्वस्थकर खानपिनका सम्बन्धमा परामर्श र विद्यालय स्वास्थ्य इकाई निर्माण गरी विद्यार्थीलाई स्वास्थ्य सेवा उपलब्ध गराइनेछ ।

सामान्य स्वास्थ्य परीक्षण, पोषण लेखाजोखा, नियमित स्वस्थ जाँचबारे जानकारी गराउन, प्राथमिक उपचारको व्यवस्था, अभिभावक बालबालिकाको स्वास्थ्य र स्वस्थ ज्ञानका बारेमा जानकारी गराउने लगायतका काम पनि विद्यालयका नर्सले गर्नुपर्नेछ ।

प्रकाशित मिति : २०७६, ३ भाद्र मंगलबार  ८ : ४५ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने