२०८३, ७ भाद्र सोमबार

धुलिखेलसम्मका यात्रुको बस भाडा खै त घटेको ?

धुलिखेलसम्मका यात्रुको बस भाडा खै त घटेको ?


मयूर यातायात प्रालिले साबिकको भन्दा कम भाडा दरमा बनेपा–कोठेश्वरसम्म बस सञ्चालन गरेपछि काभ्रेका बस ब्यवसायीहरु आन्दोलित भए । काभ्रे बस ब्यवसायी समिति र काभ्रे मिनी बस सेवा समितिले चैत २१ गते आफ्ना सबै सवारी साधान बन्द गरे ।  त्यहि दिन सरकारले रुट परमिट खुल्ला गर्यो र मयूरसँग थपिए अन्य ४ वटा बस कम्पनी । मयूरले सेवा सुरु गर्दा नै बनेपा काठेश्वरसम्म काभ्रेका बस ब्यवसायीहरुको भन्दा १० रुपैयाँ कम भाडा तोकेको थियो । एकैदिन पाँच नयाँ कम्पनीलाई धुलिखेलसम्मको रुट परमिट सरकारले दिएपछि काभ्रेका बस ब्यवसायीहरुले पनि मयूरकै भाडा दरमा २२ गतेदेखि बस सञ्चालन गरिरहेका छन् ।

अहिले काभ्रेका बस ब्यवसायीहरुले बनेपा देखि पुरानो बसपार्कसम्मको भाडा ४० तोकिएका छन् । यसअघि ४५ रुपैयाँ थियो । त्यस्तै बनेपा देखि काटेश्वरसम्म ३५ तोकेका छन् । पहिले ४५ रुपैयाँ थियो । त्यस्तै बनेपा देखि सुर्यविनायकसम्म २० रुपियाँ नयाँ भाडा तोकेका छन् । पहिला २५ रुपियाँ थियो । तर धुलिखेलसम्मको भाडा न मयूरले घटाएको न त काभ्रेका ब्यवसायीले नै ।

अब यो नक्सामा हेर्नोस् ।

कोटेश्वर देखि रत्नपार्कसम्मको दुरी ।

यो गुगलबाट लिएको नक्सा अनुसार कोटेश्वरबाट पुरानो बसपार्क पुग्न ५.९ किलोमिटर दुरी छ । अहिलेको भाडा दर अनुसार कोठेश्वरबाट ५ रुपियाँ तिरेपछि पुरानो बसपार्क पुगिन्छ ।

अब अर्को नक्सामा हेरौँ

बनेपा देखि धुलिखेलसम्मकाे दुरी

यो पनि गुगलबाटै लिइएको नक्सा हो । यसमा धुलिखेल देखि बनेपासम्मको दुरी ४.५ किलोमिटर दुरी मापन गरिएको छ । तर भाडा भने १० रुपैयाँ लिइरहेका छन् । बसका सहचालकहरुले धुलिखेलबाट काठमाण्डौसम्म चडेबापत ५० रुपैयाँ भाडा अहिले पनि लिइरहेका छन् ।

काठमाण्डाै रत्न पार्क देखि धुलिखेलसम्मकाे दुरी

प्रश्न यहाँ निर छ कि कोठेश्वरबाट पुरानो बसपार्कसम्मको ५.९ किलोमिटर चाँहि ५ रुपियाँमा पुर्याउने । धुलिखेल देखि बनेपासम्मको ४.५ किलोमिटर दुरीमा किन साविककै भाडा ?  काभ्रे बस ब्यवसायी संघका अध्यक्ष दिल बहादुर शाहिले धुलिखेल देखि काठमाण्डाैसम्मकाे भाडा ५० रूपैयाँ नै रहेकाे बताए । “मयूरले भाडा घटायो भनेर हामीले भाडा घटाएका होइनौँ, उनले भने “सित्तैमा यात्रु बोक्न सकिदैन” । यसले पनि के पुष्टि गर्छ भने काभ्रे बस ब्यवसायी समिति र काभ्रे मिनी बस सेवा समितिले यसअघि मनपरी भाडा असुल्दै आइरहेका थिए । जब मयूरका बसले तोकेकै भाडामा अहिले बस चलाउन रहेछ भने किन यात्रुलाई बढी भाडा लिइयो ? यो प्रश्नमा अध्यक्ष शाहिले कुनै उत्तर दिन चाहेनन् ।

प्रकाशित मिति : २०७४, २४ चैत्र शनिबार  २ : ५६ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन