२०८३, २१ भाद्र सोमबार

काग्रेँस नेता खुमबहादुर खड्काको निधन, यस्ताे छ खड्काकाे जीवनी

काग्रेँस नेता खुमबहादुर खड्काको निधन, यस्ताे छ खड्काकाे जीवनी


कांग्रेस नेता एवं पूर्वगृहमन्त्री खुमबहादुर खड्काको शुक्रबार साँझ निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा खड्काको निधन भएको हो ।  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार ६८ वर्षीय खड्काको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा साँझ ५ बजेर १५ मिनेटमा निधन भएको हो ।

उनी मिर्गौला, छाती र नसाको समस्याबाट पीडित थिए । मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता उनलाई नयाँ दिल्ली लगिएको थियो । उनको स्वास्थ्य स्थितिप्रति गम्भीर भएपछि नेपाली कांग्रेसले उनको स्वास्थ्य अवस्था बुझ्न मंगलबार शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाएको थियो ।

खड्का २००८ जेठ १२ गते  जन्म दाङको साविकको धर्ना गाविस ६  भैंसापथरामा जन्मेका हुन् । उनी पाँच वर्ष नपुग्दै आमा चन्द्रकला खड्काको मृत्यु भयो । उनको परिवार राजनीतिक थियो। उनका बुवा टेकबहादुर खड्का कांग्रेसका जिल्लास्तरीय नेता थिए । पदमोदय पब्लिक माध्यमिक विद्यालयमा पढ्दापढ्दै उनी कांग्रेसको राजनीति लागेका थिए ।

जिल्ला अदालत दाङ देउखुरीकोको भित्तामा टाँसिएको तत्कालीन राजा महेन्द्र र रानी रत्नराज्यलक्ष्मीको तस्बिर ढुंगा हानेपछि उनलाई राजद्रोहको मुद्दा लाग्यो। मुद्दा लागेपछि खड्कासहित ७ जना भागेर बनारस पुगेको  उनका सहपाठी घोराहीका तीर्थराज (चैतु)  ले बताए बनारसमा खड्काको वीपी कोइरालासँग भेट भयो। उनी वीपीसँग नजिकिए। २०३३ सालमा वीपी कोइराला मेलमिलापको नीति ल्याएर नेपाल फर्किँदा खड्का पनि सँगै आएका थिए। खड्का २८ वर्षको उमेरमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए। ३३ सालमा पक्राउ उनी पक्राउ परे। ३६को जनमत संग्रहका बेला उनी जेलबाट निस्किए। त्यसपछि पनि बेलाबेला जेल परे।

२०४८ सालमा भएको आम निर्वाचन उनले राप्तीको कांग्रेस कमाण्ड सम्हालेका  थिए। त्यतिबेला राप्तीका ९ वटै क्षेत्रमा कांग्रेसले जितेको थियो । २०४८ सालमा पनि  खड्का पहिलो पटक भौतिक निर्माण तथा यातायात मन्त्री भए । २०५२ सालमा उनी गृहमन्त्री भए । २०५९ सालमा उनीमाथि भ्रष्टाचार मुद्दा लाग्यो। उनी दोषी ठहर भए र जेल परे। डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १ सय २२ रुपैयाँ बिगो र त्यति नै जरिवाना गरेको थियो। कैद भुक्तान गरेर निस्किएका खड्का त्यसपछि पुन: कांग्रेसको राजनीतिमा फर्किएका थिए। २ वर्षअघि भएको कांग्रेसको  १३ औं महाधिवेशनमा खड्काले दोस्रो बढी मत पाएर केन्द्रीय सदस्य  भएका थिए। खड्काका श्रीमती,  एक छोरा र एक छोरी छन्।

प्रकाशित मिति : २०७४, १६ चैत्र शुक्रबार  ७ : ३८ बजे

निर्माण व्यवसायी संघ काभ्रेको नयाँ नेतृत्व चयन, अध्यक्षमा अकुर प्रसाद गौतम

काभ्रे । निर्माण व्यवसायी संघ, काभ्रेको १५औँ साधारण सभा तथा

राप्रपामा धक्का : महामन्त्री शरदराज पाठकले छाडे पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको

कांग्रेसमा फेरि बढ्यो विवाद : ‘महाधिवेशन अघि बढे पार्टी फुट्न सक्छ’ भन्दै रमेश लेखकको चेतावनी

कञ्चनपुर । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान हुनुको साटो झन्

बाढी उद्धारमा आईजीपी कार्कीको निर्देशन : ‘कुनै कसर बाँकी नराख्नु’

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा

भोटेकोशी बाढी : ११औँ दिनसम्म ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र

काठमाडौं । भोटेकोशी बाढी आएको ११औँ दिनसम्म जलविद्युत् आयोजनाका सुरुङ