२०८३, ११ श्रावण मंगलबार

धुलिखेलमा ‘डोमेस्टिक’ एयरपोर्ट बनाउने सरकारी योजना, कसरी होला पूरा  ?

धुलिखेलमा ‘डोमेस्टिक’ एयरपोर्ट बनाउने सरकारी योजना, कसरी होला पूरा  ?


धुलिखेल/धुलिखेलमा आन्तरिक एयरपोर्ट बनाउने चर्चा फेरी एक पटक सुरु भएको छ । सरकारले एक मात्र त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको चापलाई कम गराउन काभ्रेको धुलिखेलमा आन्तरिक एयरपोर्ट बनाउने बताएपछि यसको चर्चा पुनःसुरु भएको हो । स्मरण रहोस अघिल्लो पटक हालका प्रधानमन्त्री केपी ओली क्याबेटनका पर्यटन मन्त्री आनन्द प्रसाद पोख्ररेलले धुलिखेलमा आन्तरिक विमानस्थल बनाउन अध्ययन सुरु गरेका थिए । तर अध्ययन केबल अध्ययनमात्रै सिमित बन्यो । उनले धुलिखेलमा कुरा नमिलेपछि बनेपाको नागी डाँडामा समेत अध्ययन गरेको अहिले पनि बताउने गरेका छन् ।

अहिले फेरी पर्यटन मन्त्रालय एमालेकै भागमा छ र मन्त्रालय सम्हालेका रवीन्द्र अधिकारले पनि आफ्नो १ सय दिनको कार्यक्रम सार्वजनिक गर्दै गर्दा धुलिखेलमा डोमेस्टिक एयरपोर्ट बनाउने घोषणा गरे । हालको त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट देशभित्र र बाहिरबाट जहाज अवतरण, उडान भर्दै आइरहेका छन् । तर विमानस्थल ब्यस्त हुदाँ घण्टौसम्म अवतरणको पर्खाइमा यात्रुहरु बस्नुपरेको छ ।

धुलिखेलको ठूलीचौरमा आन्तरिकतर्फका जहाज उडान गर्न तथा अवतरणका लागि नयाँ एयरपोर्ट बनाउन लागिएको मन्त्री अधिकारीले बताए । त्यसका लागि सय दिनभित्रमा सम्भाव्यता अध्ययन गरिने मन्त्री अधिकारीको योजना छ । आन्तरिक तथा बाह्य मुलुकबाट आउने जहाज एउटै विमानस्थलमा अवतरण गर्नुपर्ने भएको र त्यसले एयरट्राफिक बढेका कारण विकल्पमा धुलिखेल उपयुक्त हुने पर्यटनमन्त्री अधिकारीको भनाइ छ ।

काठमाण्डौँमा सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीले आफ्नो सय दिनको कार्यक्रम भित्र धुलिखेलमा एयरपोर्ट बनाउने बताइ रहदाँ धुलिखेलमा भने अघिल्लो पटकको जस्तो नियति दोहोरिने भन्दै चिन्ता पनि ब्यक्त गर्नेको संख्या बढ्न थालेका छ । धुलिखेलमा एक खाले ब्यक्ति जो एयरपोर्ट बनाउनै हुदैँन भन्ने मानसिकताबाट ग्रसित छन् । उनीहरु एयरपोर्ट मात्रै होइन बसपार्क समेत धुलिखेलमा बनाउन नहुने मत राख्छन् । जो शिक्षित ब्यक्तिभित्र पर्छन् । तर धुलिखेलमा गरिखाने र रैथानेहरु भने एयरपोर्ट र बसपार्क बन्यो भने यहाँ धेरै आर्थिक गतिविधि बढ्ने भन्दै यसको पक्षमा यसअघि पनि उभिएका थिए । धुलिखेलमा एयरपोर्ट बने सिंगो काभ्रे जिल्लाकै विकास अघि बढ्ने भएपनि शिक्षित बर्गहरु नै यसको विपक्षमा छन् । अन्ततः यो अध्ययन मात्रै हो । अध्ययनमा उपयुक्त ठाउँ हुने निष्कर्ष धुलिखेल नै निस्कियो भने चाँहि के होला त्यो प्रतिक्षाको विषय हुने छ ।

प्रकाशित मिति : २०७४, १६ चैत्र शुक्रबार  ७ : ०२ बजे

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा

सरकारका सहमति कागजमै सीमित, माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन सुरु

काठमाडौं । सरकारसँग पटक–पटक वार्ता र सहमति भए पनि कार्यान्वयन

मेरा मित्र गोपालमान श्रेष्ठको निधनले स्तब्ध छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले

सरकारको लगानी ९ खर्ब ६५ अर्ब नाघ्यो

काठमाडौं । सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८०

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि