२०८३, १४ भाद्र सोमबार

काभ्रेको स्थानीय तहमा कृषि अपहेलित

काभ्रेको स्थानीय तहमा कृषि अपहेलित


नेपाल अहिले पनि कृषिमा नै आधारित देश हो । अधिकांश पहाडी भु–भाग भएको नेपालमा हलो, कुटो र कोदालो लगायतका कृषि औजारहरुको प्रयोगबाट कृषि पेशा चल्दै आएको छ । ती औजार चलाउन सक्ने योग्य जनशक्ति रोजगारीका लागि विदेशीयपछि बुढाबुढीकै भरले नेपालीको मुख्य पेशा कृषि क्षेत्र धानिएको छ । यसरी चल्दै गरेको कृषि पेशालाई स्थानीय तहले यथोचित बजेटको व्यवस्था नगर्दा कृषि पेशाको अवस्था दयनीय बनेको देखिएको छ । जसले ग्रामीण किसानको जीवनस्तरमा नकारात्मक असर पर्ने देखिन्छ ।

तेमाल १ अमलटारीमा फलाएको तितेकरेलाको बीउ

काभ्रेमा रहेका १३ वटा स्थानीय तहले कृषि र किसानको जीवनलाई लक्षित गरेर बजेट विनियोजन गरेको पाइएको छैन । कृषिमा १५ प्रतिशत बजेट विनियोजन गर्नुपर्ने भनिए पनि निसर्त बजेट स्थानीय तहमा पठाएकाले जिल्लाका अधिकांश स्थानीय तहले मनलाग्दी बजेट विनियोजन गरेका छन् । कृषिमा काभ्रे जिल्ला अग्रस्थानमा नै आउँछ । तर जलवायु परिवर्तन, सिंचाईँ र काम गर्नसक्ने जनशक्तिको अभाव लगायत विभिन्न समस्याले कृषि व्यवसाय फस्टाउन सकेको छैन ।

तेमाल गाउँपालिका १ गडरेबेसीमा पालुंगोको बीउ उत्पादन हुदैँ

काभ्रेको तेमाल गाउँपालिका पनि कृषिका लागि उर्वर भूमि हो । करिब ६०० देखि १७०० मिटरसम्मको उचाईमा रहेको यो गाउँपालिकामा कृषि, पशुपालन, मौरिपालन लगायतका कृषिजन्य व्यवसाय गर्न राम्रो हावापानी मानिन्छ । तर हाल बनेको संरचना र बजेट विनियोजनको अवस्थाले कृषि व्यवसाय पछाडि परेको छ । गाउँपालिवकाले गरेको बजेट विनियोजन हेर्दा आफ्नो विवेक प्रयोग गरी बाडेको जस्तो देखिन्छ । वडा तहमा पनि कृषि क्षेत्रमा बजेट विनियोजन भएको छैन । प्रायः सबै तहमा सडकको नामममा मात्र बजेट खर्चिएको देखिन्छ । तेमाल गाउँपालिका मात्र नभई सिङ्गो काभ्रेमा कृषिमा बजेट व्यवस्था गरिएको छैन । कृषक, कृषि व्यवसायी, फार्म संचालक, सहकारीलाई हालको बजेटले सम्बोधन गर्न सकेन ।नमोबुद्ध नगरपालिका ४ मेथिनकोटमा गोलभेडाको हाइब्रिट बनाउँदै

वर्तमान अवस्थामा दुग्ध उत्पादन सहयोग, पशुपालन फार्ममा सहयोग गर्ने हो भने युवा विदेशीन कम हुने निश्चित छ । युवा प्रोत्साहन कार्यक्रम मात्र ल्याउन सके केही बेरोजगार युवालाई रोजगार भै गाउँमा व्यवसाय संचालन हुन्थ्यो । तेमालको १ र २ नं. वडामा हाल वार्षिक कम्तिमा ६ करोड बराबरको तरकारी विऊ उत्पादन भई कृषिमा आय आर्जन भइरहेको थियो । तर २०७२ को विनाशकारी भुकम्पले गर्दा धेरै युवा पलायन भए । गाउँमा बस्ने घरधुरी समेत सदरमुकाम र राजधानी सरेका छन् ।

तेमाल १ अमलटारीमा रहेको काक्रोको नर्सरी

कृषि क्षेत्रको अग्रस्थान तेमाल १ मा वार्षिक १ करोड बराबरको वीऊ उत्पादन हुने गरेको छ सहकारी मार्फत । तर हाल उक्त व्यवसाय पनि पछि परेको छ । सिंचाई तथा सहयोगी निकायको अभावमा कृषिको नाममा खेलबाड भएको छ । विहान बेलुका पेट भर्न त्यही कृषि नभई नहुने तर उक्त पेशालाई व्यवस्थित नगरी हेला गरिएको छ । झन् स्थानीय निकायमा आफ्नो ठाउँका नेता कार्यकर्तालाई भोट दिएर जिताउँदा कुनै कृषकलाई सम्बोधन गर्न नसकेको कृषकहरु बताउँछन् । राजधानीको नजिक जिल्ला काभ्रेबाट वार्षिक ३८ प्रतिशत तरकारी काठमाडौं भित्रिन्छ । साथै राष्ट्रिय बजारको कृषिलाई ३४ प्रतिशत विऊ काभ्रेबाट उत्पादन हुन्छ ।

लेखक काली प्रसाद पाण्डे, तेमालमा रहेको नेपाल कृषि तथा पशु उत्पादन एवं प्रबद्र्धन केन्द्रका प्रबन्धक हुन् ।

प्रकाशित मिति : २०७४, ११ चैत्र आईतबार  ११ : ३२ बजे

बाढी प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धार अवस्था बुझ्न ऊर्जा मन्त्री श्रेष्ठ स्थलगत निरीक्षणमा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ भोटेकोसी

इरानमा अमेरिकाको फेरि हमला, होर्मुजलाई लिएर बढ्यो तनाव

काठमाडौं । अमेरिकी सेनाले इरानको लाराक द्वीपमा रहेका दुई सैन्य

‘बिचरी’ होइनन् नेपाली महिला, अब आफ्नै खुट्टामा उभिने समय : मिसेस नेपाल वर्ल्डका सहभागी

काठमाडौं । नेपाली महिलाहरू परम्परागत दायरा र चुलोचौकोबाट बाहिर निस्कँदै

बाढीपछि संक्रमण फैलिन सक्ने जोखिम चिकित्सक भन्छन्- ‘अहिलेदेखि तयारी गर्नुपर्छ’

काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड,

विकास र वातावरणको अनिवार्य सन्तुलन

आदिम प्रकृति र मानव सभ्यताको अनवरत सहअस्तित्व नै दिगो विकासको